अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कावासोतीमा २ दिने नमुना युवा नगरसभा सम्पन्न
विमा गाहा मगर । नवलपुर,साउन २५ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नवलपुरको कावासोतीमा दुईदिने नमुना युवा नगरसभा सम्पन्न भएको छ। कावासोती नगरपालिकाको सभाहलमा सोमबार सम्पन्न कार्यक्रम नगर युवा सञ्जालको आयोजना, कावासोती नगरपालिका तथा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको सहयोग एवं व्यवस्थापन तथा जागृत बाल तथा युवा सरोकार नेपाल र जिल्ला बाल क्लब नवलपुरको समन्वयमा सम्पन्न गरिएको हो।
कार्यक्रम नगर युवा सञ्जालका अध्यक्ष पवन भुर्तेलको अध्यक्षता तथा कावासोती नगरपालिकाकी नगर उपप्रमुख फूलकुमारी थनेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा आइतबार युवाहरूले नमुना नगरसभा अभ्यास गरेका थिए। अभ्यासका क्रममा नगरसभाको प्रक्रिया, बैठक सञ्चालन, छलफल, निर्णय निर्माण तथा स्थानीय तहमा युवाको भूमिका लगायतका विषयमा सहभागी युवाहरूले व्यावहारिक अनुभव हासिल गरेका थिए। सोमबार भने युवाहरूले अभ्यासका क्रममा सिकेका विषय तथा अनुभवहरू प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख फूलकुमारी थनेतले यस्ता कार्यक्रमले युवाहरूमा नेतृत्व गर्ने क्षमता विकास गर्नुका साथै समाज र देशलाई सही दिशामा अघि बढाउन सक्ने जिम्मेवार नेतृत्व निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। युवाहरूलाई नेतृत्व विकासका अवसर प्रदान गर्दै उनीहरूलाई सामाजिक उत्तरदायित्वप्रति सचेत र जिम्मेवार बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ रहेको थियो।
उहाँले युवाहरू देशका महत्वपूर्ण शक्ति भएकाले उनीहरूको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । यस्ता कार्यक्रमबाट युवाहरूले लोकतान्त्रिक अभ्यास, स्थानीय शासन प्रणाली र निर्णय प्रक्रियाबारे प्रत्यक्ष रूपमा सिक्ने अवसर प्राप्त गर्ने बताउँदै आगामी दिनमा पनि युवामैत्री कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
त्यस्तै, नगर युवा सञ्जालका अध्यक्ष पवन भुर्तेलले युवाहरूको नेतृत्व विकास, सामाजिक कार्यमा सहभागिता तथा आत्मनिर्भर बन्ने उद्देश्यले नगर युवा सञ्जालले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। युवाहरूलाई अवसर र जिम्मेवारी प्रदान गरेमा उनीहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी र निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कावासोती नगरपालिका–३ का वडाध्यक्ष डोरमान गिरी, वडा नम्बर २ का वडाध्यक्ष शिव पाण्डे, जनप्रतिनिधि तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नमुना युवा नगरसभामार्फत युवाहरूलाई स्थानीय सरकारको काम, नगरसभा सञ्चालन प्रक्रिया, नीति निर्माण तथा निर्णय प्रक्रियाबारे प्रत्यक्ष जानकारी र अभ्यास गराउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

देवचुलीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाइते
नवलपुर,साउन २८ । नवलपुरको देवचुली नगरपालिका–१७ झरहेखोलास्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बिहीबार बिहान

‘भिन्न परिवेश, साझा आकांक्षा’भन्ने नाराका साथ कावासोतीमा ‘प्रेरणा भ्रमण’
विमा गाहा मगर । नवलपुर, साउन २३ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर कावासोती नगरपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न उद्योग तथा व्यवसायको

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कावासोतीमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम
नवलपुर, साउन २१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा कावासोतीमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। भिन्न परिवेश, साझा


प्रतिकृया दिनुहोस