देवचुलीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाइते
नवलपुर,साउन २८ । नवलपुरको देवचुली नगरपालिका–१७ झरहेखोलास्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
बिहीबार बिहान करिब १०ः५५ बजे डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना.६ ख २३०३ नम्बरको बसले बेल्डिहाबाट रजहरतर्फ आउँदै गरेको ग.प्र.०४००२ प ४१७६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटर चालक कावासोती नगरपालिका १२ का ३५ वर्षीय हेमलाल लामिछाने गम्भीर घाइते भएका थिए। उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन पठाइएका लामिछानेको उपचारका क्रममा दिउँसो १२ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, स्कुटरमा सवार स्याङ्जा रापाकोटका करिब ६७ वर्षीय लिलाधर चापागाईं घाइते भएका छन्। उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको जनाइएको छ।
दुर्घटनापछि स्कुटर, बस तथा बस चालक देवचुली नगरपालिका–१४ का ४२ वर्षीय ध्रुवनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कावासोतीमा २ दिने नमुना युवा नगरसभा सम्पन्न
विमा गाहा मगर । नवलपुर,साउन २५ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नवलपुरको कावासोतीमा दुईदिने नमुना युवा नगरसभा सम्पन्न भएको छ। कावासोती

‘भिन्न परिवेश, साझा आकांक्षा’भन्ने नाराका साथ कावासोतीमा ‘प्रेरणा भ्रमण’
विमा गाहा मगर । नवलपुर, साउन २३ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर कावासोती नगरपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न उद्योग तथा व्यवसायको

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कावासोतीमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम
नवलपुर, साउन २१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा कावासोतीमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। भिन्न परिवेश, साझा


प्रतिकृया दिनुहोस