-->

युवा सांसद–मन्त्रीलाई रविको आग्रहःपदमा रमाउने होइन, जिम्मेवार बन्नुस्

Nawalpurfm

नवलपुर, साउन २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसलाई परिणाममा बदल्नुपर्ने बताएका छन् ।


बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको बताए । माइतीघरमा अझै पनि भीडभाड देखिनु चिन्ताको विषय भएको उनको भनाइ छ ।


उनले भने,‘हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौँ । तर आवाजहरू उस्तै देखिएका छन् । म माइतीघरमा अझै पनि भीडभाड देखिरहेको छु । आशा मरेर हो कि बानी परेर हो, मैले छुट्याउन सकेको छैन । बानी परेको पो हो कि भनेर चिन्ता लागेको छ ।’

नागरिकलाई निराश बनाउने बानी परेको अवस्थामा कसैले पनि तृप्त पार्न नसक्ने भन्दै उनले सरकारबाट तत्काल परिणाम खोज्ने प्रवृत्तिप्रति पनि सचेत हुनुपर्ने बताए ।

लामिछानेले युवा सांसद तथा मन्त्रीहरूलाई प्राप्त जिम्मेवारीलाई अवसरका रूपमा मात्र नलिई गम्भीर भएर काम गर्न आग्रह गरे । अहिलेको पुस्ताले जिम्मेवारी पूरा गर्न नसके आगामी पुस्ताका युवाले पनि यस्तै अवसर नपाउन सक्ने उनको चेतावनी छ ।

उनले भने,चार महिनामा केही भएन भन्ने उस्तै आवाज आइरहँदा त कसरी सकिएला र रु आजको भोलि नै परिणाम खोज्ने बानी पार्यौँ भने हामीसँग विकल्प खोज्नेबाहेक विकल्प हुँदैन । विकल्प खोज्नु विकल्प होइन, विकल्प बन्नु विकल्प हो ।म युवा सांसद र मन्त्री साथीहरूलाई भन्न चाहन्छु, तपाईंहरूले जुन जिम्मेवारी प्राप्त गर्नुभएको छ, पदमा रमाउने बेला होइन यो । जिम्मेवार भएर सोच्ने बेला हो । यसपटक गलत भयो, बिग्रियो भने फेरि भोलिका पुस्ताका युवाहरूले हाम्रो जस्तो अवसर प्राप्त गर्ने छैनन् ।’

उनले विगतमा राजनीतिमा युवा नेतृत्वको अभाव रहेको भन्दै उमेरका आधारमा अनुभवी पुस्तामाथि प्रश्न उठाउने गरेको समेत स्वीकार गरे । उमेरकै कारण अनुभवी पुस्तालाई पर्याप्त सम्मान दिन नसकेको हुनसक्ने उनको भनाइ छ ।

‘‘हामीले सधैँ राजनीतिलाई कचकच गरिरह्यौँ । मैले पनि गरेँ । एउटा ठाउँबाट युवा नेतृत्व नै भएन, युवाहरूले चलाउनुपर्ने देश खै त युवा भनेर उमेरले पाका भएका मानिसहरूलाई सम्भवतः अपमानित पनि गर्यौँ, अपहेलित पनि गर्यौँ । उमेरकै कारणले अनुभवी पुस्तालाई हामीले सम्मान दिन सकेनौँ कि भन्ने कुरा म आज यहाँ उभिँदा महसुस गर्छु’उनले भने ।

विगतमा पाका पुस्ताले मात्रै देश चलाएको भन्दै आलोचना गर्न सहज रहेको भए पनि अहिले राजनीतिक परिस्थिति परिवर्तन भएको उनले बताए । प्रतिनिधिसभामा ठूलो संख्यामा युवा सांसद हुनु ऐतिहासिक राजनीतिक घटनाक्रम भएको उनको भनाइ छ ।

युवा नेतृत्व आउनुमात्र वर्षौंदेखि देखिएको सपना पूरा नहुने भन्दै लामिछानेले चुनावी परिणाम र प्रतिनिधिसभामा युवाको संख्यालाई उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए ।

उन‘हामीलाई हिजो अलि सजिलो थियो । दोष लगाइदिए पुग्थ्यो । सबै उमेर पुगेका पाकाहरूले देश चलाए भन्ने कुरा आएको थियो । आज हामीसँग युवा नेतृत्व छ । प्रतिनिधिसभामा यति धेरै युवा हुनु ऐतिहासिक राजनीतिक घटनाक्रम हो । हाम्रो देशको प्रधानमन्त्री अहिले संसारकै युवा प्रधानमन्त्रीको रूपमा देश हाँकिरहनुभएको छ ।युवा नेतृत्व आउनुमात्र सपना साकार हुनु होइन । हामीसँग यसलाई परिणाममा बदल्नुपर्ने चुनौती छ । चुनावको नतिजा र प्रतिनिधिसभाको संख्याले मात्रै वर्षौंदेखि हामीले देखेको सपना पूरा हुँदैन ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

गएराति सामान्य वर्षा, भरे राति गण्डकीका केही ठाउँमा मुसलधारे पानी पर्ने

नवलपुर,साउन २८ । गएराति देशका पूर्वी भेगका केही ठाउँहरुमा सामान्य वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका

Nawalpurfm

पत्रकार किशोर श्रेष्ठ पक्राउ

नवलपुर,साउन २८ । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई ललितपुरको आफ्नै निवासबाट प्रहरीले हिजो बेलुकी पक्राउ गरेको हो ।

Nawalpurfm

कोप–३१ का लागि तयारी तीव्र, जलवायु न्यायदेखि हिमाल संरक्षणसम्मका मुद्दा प्राथमिकतामा

नवलपुर, साउन २७ ।सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालले जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकताका साथ