पत्रकार किशोर श्रेष्ठ पक्राउ
नवलपुर,साउन २८ । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठलाई ललितपुरको आफ्नै निवासबाट प्रहरीले हिजो बेलुकी पक्राउ गरेको हो । जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डौको हिरासतमा राखिएका श्रेष्ठलाई आज अदालतमा उपस्थित गराउने तयारी छ ।
उपसभामुख रुवीकुमारी ठाकुरले पनि जनआस्था डटकमको सामाजिक सञ्जाल पेजबाट आफ्नो तस्बिरसहित आपत्तिजनक र धम्क्याउने किसिमको सामग्री प्रकाशित भएको भन्दै हिजो प्रेस काउन्सिल नेपालमा उजुरी दिनुभएको थियो ।

गएराति सामान्य वर्षा, भरे राति गण्डकीका केही ठाउँमा मुसलधारे पानी पर्ने
नवलपुर,साउन २८ । गएराति देशका पूर्वी भेगका केही ठाउँहरुमा सामान्य वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका

युवा सांसद–मन्त्रीलाई रविको आग्रहःपदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
नवलपुर, साउन २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसलाई परिणाममा

कोप–३१ का लागि तयारी तीव्र, जलवायु न्यायदेखि हिमाल संरक्षणसम्मका मुद्दा प्राथमिकतामा
नवलपुर, साउन २७ ।सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालले जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकताका साथ





प्रतिकृया दिनुहोस