गएराति सामान्य वर्षा, भरे राति गण्डकीका केही ठाउँमा मुसलधारे पानी पर्ने
नवलपुर,साउन २८ । गएराति देशका पूर्वी भेगका केही ठाउँहरुमा सामान्य वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पानी परेको छ । बिहान भने वर्षा भएको छैन । आज राति गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ । मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बदली रहने र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै ठाउँमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी, मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै ठाउँमा तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा मध्यम वर्षाको सम्भावना छ । भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा समेत ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षाका कारण बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

पत्रकार किशोर श्रेष्ठ पक्राउ
नवलपुर,साउन २८ । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई ललितपुरको आफ्नै निवासबाट प्रहरीले हिजो बेलुकी पक्राउ गरेको हो ।

युवा सांसद–मन्त्रीलाई रविको आग्रहःपदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
नवलपुर, साउन २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसलाई परिणाममा

कोप–३१ का लागि तयारी तीव्र, जलवायु न्यायदेखि हिमाल संरक्षणसम्मका मुद्दा प्राथमिकतामा
नवलपुर, साउन २७ ।सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालले जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकताका साथ





प्रतिकृया दिनुहोस