-->

प्रियंकाको 'मास्टर्नी' मा चर्चित गीत 'गुराँस फुल्दा' को नयाँ भर्सन (भिडिओ)

Nawalpurfm

नवलपुर,साउन २७। प्रियंका कार्कीको फिल्म 'मास्टर्नी'मा समावेश गीत 'गुराँस फुल्दा' सार्वजनिक गरिएको छ। 

केही दिनअघि सार्वजनिक ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले यो कालजयी गीतको रि-भर्सन दर्शकमाझ ल्याएको हो। 

'गुराँस फुल्दा' फिल्म 'सुपरस्टार'मा समावेश लोकप्रिय तथा कालजयी गीत हो। मूल संस्करणमा भारतीय गायिका साधना सरगमको स्वर, दयाराम दाहालको शब्द र सचिन सिंहको संगीत छ।

'मास्टर्नी' का लागि तयार नयाँ संस्करणमा भने मेलिना राईले स्वर दिएकी छन्। 

गीतका मूल शब्द र संगीतलाई यथावत् राखिएको छ भने रि-क्रिएसन बसन्त सापकोटाले गरेका हुन्। त्यस्तै, संगीत संयोजन सहस शाक्यले गरेका छन्। 

भिडिओमा प्रियंका कार्की र वर्षा राउत फिचर्ड छन्। गम्भीर विष्टको कोरियोग्राफीमा तयार भिडिओमा पवन सुस्लिङको छायांकन र सम्पादन छ।

'मास्टर्नी'ले यसअघि ल्याएको प्रमोसनल गीत 'म्याथ सिक्ने भए' भने निकै विवादमा परेको थियो। चौतर्फी आलोचना भएपछि टिमले उक्त गीत युट्युबबाटै हटाउनु परेको थियो। 

यसपछि 'गुराँस फुल्दा'लाई 'रि-क्रिएट' गरेर सार्वजनिक गरिएको हो। यो गीतले भने रिलिज भएसँगै युट्युबमा सकारात्मक प्रतिक्रिया पाएको छ। स्रोता तथा दर्शकले मेलिनाको स्वर र भिडिओमा झल्किएको मौलिकपनको प्रशंसा गरेका छन्।

आयंका फिल्मस्को प्रस्तुतिमा बनेको 'मास्टर्नी' क्राइम थ्रिलर-मर्डर मिस्ट्री जनराको सिनेमा हो। फिल्ममा प्रियंका कार्की, सिम्रन खड्का, आर्यन सिग्देल, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ल, ऋचा शर्मालगायत कलाकारहरूको अभिनय छ। 

सुवेन्दु घोषको निर्देशनमा बनेको फिल्मलाई प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन्। सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता छन्।फिल्मको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्न्यातले तयार पारेका छन्। संवाद लेखनमा प्रियंका कार्की र शान बस्न्यातको सहकार्य छ। 

फिल्ममा युवराज इन्दोरियाको छायांकन, राज सिंह सिदुको सम्पादन छ। 'मास्टर्नी'  भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

 

प्रतिकृया दिनुहोस
Nawalpurfm

सचिन बिमलीको ‘त्यो मनमा’ सार्वजनिक, दर्शकको माया पर्खिँदै

नवलपुर,भदौ २७ । युवा गायक सचिन बिमलीको नयाँ कभर गीत ‘त्यो मनमा’ सार्वजनिक भएको छ। प्रेम, भावना र मनका अनुभूतिलाई समेटिएको गीतलाई बिमलीले आफ्नो

Nawalpurfm

'गौंथली' बन्यो इतिहासकै दोस्रो धेरै कमाउने नेपाली फिल्म

नवलपुर,साउन २८ । फिल्म गौंथली ले बक्स अफिसमा उत्साहजनक प्रदर्शनलाई निरन्तरता दिएको छ। प्रदर्शनको करिब १ महिना पुग्न लाग्दा पनि फिल्ममा दर्शक

Nawalpurfm

'गौंथली' बन्यो इतिहासकै दोस्रो धेरै कमाउने नेपाली फिल्म

नवलपुर,साउन २८ । फिल्म गौंथली ले बक्स अफिसमा उत्साहजनक प्रदर्शनलाई निरन्तरता दिएको छ। प्रदर्शनको करिब १ महिना पुग्न लाग्दा पनि फिल्ममा दर्शक

↑