नवलपुरमा भन्सार छलीका ६२ लाख बढीका कपडा बरामद
नवलपुर,भदौ २ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर प्रहरीले ठूलो परिमाणमा भन्सार छली गरी ओसारपसार भइरहेको कपडा तथा अन्य सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गोप्य सूचनाका आधारमा सोमबार राति करिब ११ःबजेर ३० मिनेटको समयमा प्रहरी चौकी टोलीले कावासोती नगरपालिका–८ स्थित फलफूल चोकमा सवारी साधन जाँच गर्ने क्रममा पश्चिमबाट पूर्व नारायणगढतर्फ जाँदै गरेको ना.३ ख ४६७३ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।
जाँचका क्रममा ट्रकभित्र लुकाइछिपाइ राखिएको, बिल–बिजक नभएको तथा भन्सार छली गरी ल्याइएको आशंका गरिएको विभिन्न प्रकारका कपडा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद सामानमा विभिन्न रंगका कुर्था सुरुवाल २ हजार १६० थान, साडी १ हजार ५०० थान, काँचो कपडा २२५ थान (६ हजार ८७५ मिटर) र काँचो कपडा ३३५ थान (७ हजार ६८७ मिटर) रहेका छन्।
बरामद सामानको अनुमानित कुल मूल्य रु. ६२ लाख ५० हजार ५०० रहेको प्रहरीले जनाएको छ।
बरामद सामानलाई आवश्यक कारबाहीका लागि ट्रक र चालकसहित महेशपुर भन्सार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विनयी त्रिवेणीमै खुल्यो PAN सेवा, सेवाग्राहीलाई अब सहज
नवलपुर,भदौ १ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाबाटै स्थायी लेखा नम्बर PAN वितरण सेवा सुरु भएको छ। गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममार्फत

देवचुलीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाइते
नवलपुर,साउन २८ । नवलपुरको देवचुली नगरपालिका–१७ झरहेखोलास्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बिहीबार बिहान

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कावासोतीमा २ दिने नमुना युवा नगरसभा सम्पन्न
विमा गाहा मगर । नवलपुर,साउन २५ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नवलपुरको कावासोतीमा दुईदिने नमुना युवा नगरसभा सम्पन्न भएको छ। कावासोती




प्रतिकृया दिनुहोस