-->

युनिक अटो प्वाइन्ट कावासोतीमा ‘टीभीएस अर्बिटर’ विद्युतीय स्कुटरको भव्य लञ्चिङ

Nawalpurfm

विमा गाहा मगर । नवलपुर, भदौ ५ । नवलपुरको कावासोतीस्थित युनिक अटो प्वाइन्ट टीभीएस शोरुमले ‘टीभीएस अर्बिटर’ नामक नयाँ विद्युतीय स्कुटरको औपचारिक लञ्चिङ गरेको छ।

आज युनिक अटो प्वाइन्टको शोरुम परिसरमा आयोजित भव्य कार्यक्रमबीच स्कुटरको शुभारम्भ गरिएको हो। युनिक अटो प्वाइन्टका सञ्चालक डोलराज थापाको अध्यक्षता तथा नवलपुर यातायात कार्यालयका प्रमुख टेकबहादुर नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपालीले विद्युतीय सवारीसाधनको प्रयोगले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। पेट्रोलियम पदार्थको खपत घटाउँदै इन्धनमा हुने खर्चसमेत बचत हुने भएकाले पछिल्लो समय विद्युतीय सवारीप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो।

उहाँले विद्युतीय सवारीको प्रयोग विस्तारसँगै स्वच्छ र हरित वातावरण निर्माणमा टेवा पुग्ने धारणा राख्दै वातावरणमैत्री यातायातको विकल्पलाई सबैले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका अध्यक्ष तथा युनिक अटो प्वाइन्टका सञ्चालक डोलराज थापाले टीभीएस अर्बिटर आधुनिक प्रविधि, आकर्षक डिजाइन र दैनिक प्रयोगलाई सहज बनाउने विशेषतासहित बजारमा आएको बताउनुभयो। उहाँले स्कुटरमा ३।१ किलोवाट आवरको ब्याट्री रहेको र एक पटकको पूर्ण चार्जमा १५८ किलोमिटरसम्मको IDC रेन्ज प्रदान गर्ने दाबी गरिएको जानकारी दिनुभयो।

त्यस्तै, स्कुटरमा ३४ लिटरको बुट स्पेस, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, आधुनिक कनेक्टेड फिचर तथा १४ इन्चको अगाडिको पाङ्ग्रालगायतका विशेषता रहेको उहाँले बताउनुभयो। लामो र आरामदायी सिट, फराकिलो फुटबोर्ड तथा आधुनिक सुरक्षा सुविधाले टीभीएस अर्बिटरलाई दैनिक सहरी यात्राका लागि उपयुक्त बनाएको थापाको भनाइ थियो।

 

थापाले कावासोती तथा आसपासका ग्राहकलाई गुणस्तरीय सवारीसँगै बिक्रीपछिको सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै टीभीएस अर्बिटरले नवलपुर क्षेत्रमा विद्युतीय स्कुटरको बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, व्यवसायी, सवारीप्रेमी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। औपचारिक रूपमा सार्वजनिक गरिएको नयाँ टीभीएस अर्बिटरप्रति सहभागीहरूले चासो र उत्साह व्यक्त गरेका थिए।

टीभीएस अर्बिटर यसअघि नेपालमा २३ जुलाई २०२६ मा सार्वजनिक गरिएको थियो। कम्पनीका अनुसार यसको मुख्य आकर्षण १५८ किलोमिटरक्ष्म्ऋ रेन्ज, ३.१kWh ब्याट्री, ३४ लिटरको स्टोरेज र आधुनिक कनेक्टेड सुविधा हुन्।

प्रतिकृया दिनुहोस
Nawalpurfm

देवचुली र गैंडाकोटको साझेदारीमा दमकल सेवा सुरु

नवलपुर, भदौ ८ । आगलागी तथा अन्य विपद्का घटनामा नागरिकको सुरक्षा र उद्धारलाई प्रभावकारी बनाउने उद्देश्यले देवचुली र गैंडाकोट नगरपालिकाले लागत

Nawalpurfm

प्याब्सन नवलपुरको जिल्ला स्तरीय अङ्ग्रेजी स्क्राबल प्रतियोगिता सम्पन्न

नवलपुर,भाद्र ८ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नवलपुरको आयोजनामा जिल्ला स्तरीय English Scrabble Competition–२०८३ सम्पन्न भएको

Nawalpurfm

मध्यविन्दु स्काइलाइन स्काइलाइनमा ‘अर्थ डे’को अवसरमा विद्यार्थी–शिक्षक फूलबारी स्थापना

नवलपुर,भदौ ६ । मध्यविन्दु स्काइलाइन एकेडेमीले  शुक्रबार “स्काइलाइन अगस्ट अर्थ डे” विशेष कार्यक्रमका रूपमा मनाउँदै “स्काइलाइन विद्यार्थी तथा