देवचुली र गैंडाकोटको साझेदारीमा दमकल सेवा सुरु
नवलपुर, भदौ ८ । आगलागी तथा अन्य विपद्का घटनामा नागरिकको सुरक्षा र उद्धारलाई प्रभावकारी बनाउने उद्देश्यले देवचुली र गैंडाकोट नगरपालिकाले लागत साझेदारीमा दमकल (बारुणयन्त्र) सेवा सुरु गरेका छन्।
देवचुली नगरपालिकामा सोमबार आयोजित कार्यक्रममा देवचुलीका नगर प्रमुख हरिप्रसाद न्यौपाने र गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले संयुक्त रूपमा दमकलको पूजा गरी सेवाको शुभारम्भ गर्नुभएको हो।
२०८१ मंसिर २६ गते भएको सम्झौताअनुसार ९४ लाख ४४ हजार रुपैयाँमा दमकल खरिद गरिएको हो। जसमा गैंडाकोट नगरपालिकाको ७० प्रतिशत र देवचुली नगरपालिकाको ३० प्रतिशत लागत साझेदारी रहेको छ। देवचुलीका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाका अनुसार दमकल सञ्चालनका लागि कार्यविधिसमेत निर्माण भइसकेको छ।
नगर प्रमुख न्यौपानेले दुई पालिकाको सहकार्यमा सुरु भएको सेवाले आगलागी तथा विपद्का घटनामा नागरिकको सुरक्षा र उद्धारलाई थप प्रभावकारी बनाउने बताउनुभयो। उपप्रमुख कोइरालाले दमकललाई दुवै पालिकाका नागरिकलाई पायक पर्ने स्थानमा राखेर छिटो सेवा पुग्ने व्यवस्था मिलाइने बताउनुभयो।
नगर प्रमुख न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, गैंडाकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद आचार्य, देवचुलीका प्रवक्ता तिलप्रसाद काफ्लेसहित वडाध्यक्ष, राजनीतिक दल, संघसंस्था, कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो।
रास्वपा देवचुलीका सभापति शेरबहादुर केसी र जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसालले संयुक्त दमकल सेवाले विपद् व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण नगर प्रमुखका स्वकीय सचिव सागर न्यौपानेले गर्नुभएको थियो।

प्याब्सन नवलपुरको जिल्ला स्तरीय अङ्ग्रेजी स्क्राबल प्रतियोगिता सम्पन्न
नवलपुर,भाद्र ८ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नवलपुरको आयोजनामा जिल्ला स्तरीय English Scrabble Competition–२०८३ सम्पन्न भएको

मध्यविन्दु स्काइलाइन स्काइलाइनमा ‘अर्थ डे’को अवसरमा विद्यार्थी–शिक्षक फूलबारी स्थापना
नवलपुर,भदौ ६ । मध्यविन्दु स्काइलाइन एकेडेमीले शुक्रबार “स्काइलाइन अगस्ट अर्थ डे” विशेष कार्यक्रमका रूपमा मनाउँदै “स्काइलाइन विद्यार्थी तथा

कालीगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, गैँडाकोटमा एक अचेत पुरुष फेला
नवलपुर, भदौ ५ । नवलपुरको गैँडाकोटगैँडाकोट नगरपालिका–३ मा शनिबार महेशखोला नजिकै कालीगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ




प्रतिकृया दिनुहोस