-->

मध्यविन्दु नगरपालिकामा प्यान वितरण सेवा शुभारम्भ

Nawalpurfm

नवलपुर, भदौ ४ । मध्यविन्दु नगरपालिकाले नगरवासीलाई लक्षित गर्दै स्थायी लेखा नम्बर ९एब्ल्० वितरण सेवा औपचारिक रूपमा सुरु गरेको छ। अब नगरपालिकाका नागरिकले प्यान बनाउनका लागि आन्तरिक राजस्व कार्यालय कावासोती वा अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ।

मध्यविन्दु नगरपालिका र आन्तरिक राजस्व कार्यालय, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० बीच भएको समझदारीअनुसार नगरपालिकाबाटै प्यान वितरण सेवा सञ्चालनमा ल्याइएको हो। स्थानीयस्तरमै करसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यका साथ सुरु गरिएको यस सेवाबाट नागरिकको समय, खर्च तथा झन्झट कम हुने अपेक्षा गरिएको छ।

सेवा शुभारम्भका क्रममा आरतीदेवी सिग्देलले मध्यविन्दु नगरपालिकाबाट पहिलो स्थायी लेखा नम्बर प्राप्त गर्नुभएको छ। पहिलो प्यान वितरणसँगै नगरपालिकाबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु भएको हो।

नगर प्रमुख भिमलाल अधिकारीले स्थानीय तहबाटै प्यान वितरण सेवा सुरु हुनु नगरवासीका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले यस सेवाले नागरिकलाई करसम्बन्धी प्रक्रिया पूरा गर्न थप सहज बनाउने विश्वास व्यक्त गर्नुभयो।

यसअघि प्यान बनाउनका लागि नगरवासी कावासोतीस्थित आन्तरिक राजस्व कार्यालयसम्म पुग्नुपर्ने अवस्था थियो। अब भने आवश्यक कागजातसहित नगरपालिका कार्यालयमै प्रक्रिया पूरा गरी प्यान प्राप्त गर्न सकिने भएको छ। यसबाट व्यवसायी, पेशाकर्मी, रोजगारीमा संलग्न तथा विभिन्न आर्थिक गतिविधिमा सक्रिय नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

कार्यक्रममा नगर प्रमुख भिमलाल अधिकारी, उपप्रमुख पूर्णकला चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री तथा आन्तरिक राजस्व कार्यालय कावासोतीका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका सहभागीहरूले स्थानीय तहमै करसम्बन्धी सेवा उपलब्ध हुँदा नागरिकको समय र खर्च बचत हुनुका साथै कर प्रशासनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताएका थिए। प्यान वितरण सेवा सञ्चालनसँगै स्थानीयस्तरमा कर सचेतना र कर सहभागिता बढ्ने अपेक्षासमेत गरिएको छ।

मध्यविन्दु नगरपालिकाले नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न सेवा विस्तार गर्दै आएको छ। प्यान वितरण सेवा पनि नगरवासीलाई प्रत्यक्ष लाभ पुर्‍याउने महत्वपूर्ण सेवाका रूपमा सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ।

अब मध्यविन्दु नगरपालिकाभित्रका नागरिक तथा व्यवसायीले आवश्यक कागजातसहित नगरपालिका कार्यालयबाटै प्यानसम्बन्धी सेवा प्राप्त गर्न सक्नेछन्। यससँगै करसम्बन्धी कामका लागि टाढासम्म धाउनुपर्ने बाध्यता अन्त्य भई स्थानीयस्तरमै सेवा पाउने वातावरण बनेको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

देवचुली र गैंडाकोटको साझेदारीमा दमकल सेवा सुरु

नवलपुर, भदौ ८ । आगलागी तथा अन्य विपद्का घटनामा नागरिकको सुरक्षा र उद्धारलाई प्रभावकारी बनाउने उद्देश्यले देवचुली र गैंडाकोट नगरपालिकाले लागत

Nawalpurfm

प्याब्सन नवलपुरको जिल्ला स्तरीय अङ्ग्रेजी स्क्राबल प्रतियोगिता सम्पन्न

नवलपुर,भाद्र ८ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नवलपुरको आयोजनामा जिल्ला स्तरीय English Scrabble Competition–२०८३ सम्पन्न भएको

Nawalpurfm

मध्यविन्दु स्काइलाइन स्काइलाइनमा ‘अर्थ डे’को अवसरमा विद्यार्थी–शिक्षक फूलबारी स्थापना

नवलपुर,भदौ ६ । मध्यविन्दु स्काइलाइन एकेडेमीले  शुक्रबार “स्काइलाइन अगस्ट अर्थ डे” विशेष कार्यक्रमका रूपमा मनाउँदै “स्काइलाइन विद्यार्थी तथा