-->

मध्यविन्दु स्काइलाइन स्काइलाइनमा ‘अर्थ डे’को अवसरमा विद्यार्थी–शिक्षक फूलबारी स्थापना

Nawalpurfm

नवलपुर,भदौ ६ । मध्यविन्दु स्काइलाइन एकेडेमीले  शुक्रबार “स्काइलाइन अगस्ट अर्थ डे” विशेष कार्यक्रमका रूपमा मनाउँदै “स्काइलाइन विद्यार्थी तथा शिक्षक फूलबारी” स्थापना गरेको छ।

कार्यक्रममा प्रि–स्कूलदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। प्रत्येक कक्षालाई छुट्टाछुट्टै स्थान तथा प्लट उपलब्ध गराई कक्षा–कक्षा अनुसार विभिन्न प्रकारका फूलका बिरुवाहरू रोपिएका थिए। विद्यार्थीहरूले आफ्ना शिक्षकहरूको साथमा बिरुवा रोप्दै प्रकृतिप्रति प्रेम, जिम्मेवारी र सम्मान व्यक्त गरेका थिए।

यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा हाम्रो ग्रह पृथ्वीप्रति माया, सम्मान र संरक्षणको भावना विकास गर्नु रहेको विद्यालयले जनाएको छ। पृथ्वीको हेरचाह गर्नु केवल कुनै विशेष दिनको जिम्मेवारी नभई हाम्रो दैनिक कर्तव्य हो भन्ने सन्देश विद्यार्थीहरूमाझ पु¥याउन यो कार्यक्रम आयोजना गरिएको हो।

विद्यार्थी–शिक्षक फूलबारी निर्माण गर्नुको अर्को महत्वपूर्ण उद्देश्य साना विद्यार्थीहरूमा जिम्मेवारीको भावना र वातावरणप्रतिको सचेतना विकास गर्नु हो। अबदेखि प्रत्येक कक्षाका विद्यार्थी र शिक्षकहरूले आफ्नै फूलबारीको नियमित हेरचाह गर्नेछन्। उनीहरूले बिरुवालाई पानी दिने, आवश्यक सरसफाइ गर्ने तथा बिरुवाको संरक्षण र उचित वृद्धि–विकासमा ध्यान दिनेछन्।

यस प्रकारको व्यावहारिक र वातावरणमैत्री कार्यक्रमले विद्यार्थीहरूलाई पुस्तकमा पढेको ज्ञानलाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्नुका साथै प्रकृतिसँग अझ नजिक बनाउने विश्वास गरिएको छ। “स्काइलाइन विद्यार्थी तथा शिक्षक फूलबारी” विद्यालय परिसरलाई सुन्दर र हरियालीयुक्त बनाउने मात्र नभई विद्यार्थीहरूमा पृथ्वीप्रतिको प्रेम, जिम्मेवारी र वातावरण संरक्षणको संस्कार विकास गर्ने महत्वपूर्ण पहल बन्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

देवचुली र गैंडाकोटको साझेदारीमा दमकल सेवा सुरु

नवलपुर, भदौ ८ । आगलागी तथा अन्य विपद्का घटनामा नागरिकको सुरक्षा र उद्धारलाई प्रभावकारी बनाउने उद्देश्यले देवचुली र गैंडाकोट नगरपालिकाले लागत

Nawalpurfm

प्याब्सन नवलपुरको जिल्ला स्तरीय अङ्ग्रेजी स्क्राबल प्रतियोगिता सम्पन्न

नवलपुर,भाद्र ८ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नवलपुरको आयोजनामा जिल्ला स्तरीय English Scrabble Competition–२०८३ सम्पन्न भएको

Nawalpurfm

कालीगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, गैँडाकोटमा एक अचेत पुरुष फेला

नवलपुर, भदौ ५ । नवलपुरको गैँडाकोटगैँडाकोट नगरपालिका–३ मा शनिबार महेशखोला नजिकै कालीगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ