जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने
नवलपुर,भदौ ७ । जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चितवन राइनोजबाट खेल्ने भएका छन् ।
चितवन राइनोजले आउँदो सिजनका लागि राजालाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका विभिन्न फ्रेन्चाइज टी–ट्वान्टी प्रतियोगितामा अनुभव हासिल गरेका राजाको आगमनले टोली थप बलियो हुने उसको अपेक्षा छ ।
ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने सिकन्दर राजा जिम्बाब्वे क्रिकेटका महत्वपूर्ण खेलाडीमध्ये एक हुन् । उनले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट एकदिवसीय, टी–ट्वान्टी अन्तर्राष्ट्रिय तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा लामो समयदेखि प्रतिनिधित्व गर्दै आएका छन् ।
प्रतियोगितामा चितवन राइनोजसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आउँदो कात्तिक ९ देखि मंसिर ५ गतेसम्म चल्नेछ ।

नेपाल ‘ए’ टोलीको पहिलो जित, होबार्ट हुरिकेन्स ३९ रनले पराजित
नवलपुर,भदौ ९ । नेपाल ‘ए’ क्रिकेट टोलीले टप एन्ड टी–२० शृङ्खलामा पहिलो जित निकालेको छ । अस्ट्रेलियामा चलिरहेको शृङ्खलाअन्तर्गत हिजो भएको आफ्नो

अस्ट्रेलियाले बङ्गलादेशलाई दोस्रो दिनमै हरायो
नवलपुर,भदौ ७ । बङ्गलादेशसँगको दोस्रो तथा अन्तिम टेस्ट घरेलु टोली अस्ट्रेलियाले एक पारी र ५१ रनले जितेको छ । म्याकेमा भएको टेस्ट अस्ट्रेलियाले दोस्रो

टप एन्ड टी–२० श्रृंखलामा नेपालले आज पहिलो खेल नर्दन टेरिटोरीसँग खेल्दै
नवलपुर,भदौ ५ । अष्ट्रेलियामा आजदेखि शुरु हुने टप एन्ड टी–२० श्रृंखलामा नेपाल ‘ए’ ले पहिलो खेल आज नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्दैछ । यो खेल







प्रतिकृया दिनुहोस