-->

टप एन्ड टी–२० श्रृंखलामा नेपालले आज पहिलो खेल नर्दन टेरिटोरीसँग खेल्दै

Nawalpurfm

नवलपुर,भदौ ५ । अष्ट्रेलियामा आजदेखि शुरु हुने टप एन्ड टी–२० श्रृंखलामा नेपाल ‘ए’ ले पहिलो खेल आज नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्दैछ । यो खेल नेपाली समयानुसार डार्बिनमा दिउँसो सवा २ बजे शुरु हुनेछ ।

प्रतियोगीतामा सहभागी हुन १५ सदस्यीय नेपाली टोलि भदौ १ गते नै त्यसतर्फ गएको थियो । यसपटक अष्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिलकुमार साहले गर्दैछन् ।

नेपालले भोलि बङ्गलादेशको हाई पर्फर्मेन्ससँग, भदौ ८ गते होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ मा हैदरावाद किङ्समेन एकेडेमी तथा भदौ १३ मा भिक्टोरिया सिए–११ सँग खेल्ने तालिका छ ।

क्यानका अनुसार अष्ट्रेलियामा रहँदा नेपाल ‘ए’ टोलीले न्युजिल्याण्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियासँग एकदिवसीय अभ्यास खेलसमेत खेल्नेछ ।

नेपाली टोलीमा अनिलकुमार साह ९कप्तान०, मयन यादव, तृतराज दास, कुशल भुर्तेल, पवन सर्राफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रशिद खान, शाहब आलम, आकाश चन्द, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री, दीपक डुम्रे रहेका छन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

नेपाल ‘ए’ टोलीको पहिलो जित, होबार्ट हुरिकेन्स ३९ रनले पराजित

नवलपुर,भदौ ९ । नेपाल ‘ए’ क्रिकेट टोलीले टप एन्ड टी–२० शृङ्खलामा पहिलो जित निकालेको छ । अस्ट्रेलियामा चलिरहेको शृङ्खलाअन्तर्गत हिजो भएको आफ्नो

Nawalpurfm

अस्ट्रेलियाले बङ्गलादेशलाई दोस्रो दिनमै हरायो

नवलपुर,भदौ ७ । बङ्गलादेशसँगको दोस्रो तथा अन्तिम टेस्ट घरेलु टोली अस्ट्रेलियाले एक पारी र ५१ रनले जितेको छ । म्याकेमा भएको टेस्ट अस्ट्रेलियाले दोस्रो

Nawalpurfm

जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने

नवलपुर,भदौ ७ ।  जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवन राइनोजले