-->

नेपाल ‘ए’ टोलीको पहिलो जित, होबार्ट हुरिकेन्स ३९ रनले पराजित

Nawalpurfm

नवलपुर,भदौ ९ । नेपाल ‘ए’ क्रिकेट टोलीले टप एन्ड टी–२० शृङ्खलामा पहिलो जित निकालेको छ ।

अस्ट्रेलियामा चलिरहेको शृङ्खलाअन्तर्गत हिजो भएको आफ्नो तेस्रो खेलमा नेपालले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएको १५५ रनको लक्ष्य पछ्याएको हुरिकेन्स १८ ओभर ३ बलमा ११५ रनमा अलआउट भयो ।

हुरिकेन्सका नितेश सामुएलले ३७, टिम वार्डले २३ र निभेथन राधाकृष्णनले २० रन बनाए । नेपालका नारायण जोशीले ३ विकेट लिए । शाहब आलम र पवन सर्राफले समान २–२ तथा बिपिन खत्रीले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो । यो खेलमा कुशल भुर्तेलले ३९, मयन यादवले ३१ तथा कप्तान अनिलकुमार साहले २८ रन बनाए ।

नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइक र दोस्रो खेलमा बङ्गलादेश हाई प्रफरमेन्स–११ सँग पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

अस्ट्रेलियाले बङ्गलादेशलाई दोस्रो दिनमै हरायो

नवलपुर,भदौ ७ । बङ्गलादेशसँगको दोस्रो तथा अन्तिम टेस्ट घरेलु टोली अस्ट्रेलियाले एक पारी र ५१ रनले जितेको छ । म्याकेमा भएको टेस्ट अस्ट्रेलियाले दोस्रो

Nawalpurfm

जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने

नवलपुर,भदौ ७ ।  जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवन राइनोजले

Nawalpurfm

टप एन्ड टी–२० श्रृंखलामा नेपालले आज पहिलो खेल नर्दन टेरिटोरीसँग खेल्दै

नवलपुर,भदौ ५ । अष्ट्रेलियामा आजदेखि शुरु हुने टप एन्ड टी–२० श्रृंखलामा नेपाल ‘ए’ ले पहिलो खेल आज नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्दैछ । यो खेल