आज सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घट्यो
नवलपुर,साउन १७ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ ।
अस्ति शुक्रबार बढेको सुनचाँदीको भाउ आज घटेको हो । सुन आज तोलामा एक हजार ८०० रुपैयाँले घटेको छ । भाउ घटेर सुन तोलाको दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन तोलामा एक हजार रुपैयाँले बढेर तोलाको दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेको छ ।
शुक्रबार तोलामा ५० रुपैयाँले बढेर तोलाको चार हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर तोलाको चार हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शेयर बजार सामान्य बढ्यो, ४ अर्ब ४० करोडको कारोबार
नवलपुर,साउन २० । लगातार २ दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ४।७९ अङ्कले बढेर २ हजार ६६७।९७ विन्दुमा पुगेको छ । आज होटल

शेयर बजार २१ अङ्कले घट्यो, सबै समूह राताम्मे
नवलपुर,साउन १९ । हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज २१।१५ अङ्कले घटेर २ हजार ६६३।१८ विन्दुमा

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा झण्डै ११ लाख कारोबार योग्य
नवलपुर,साउन १९ । करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार सङ्ख्या ११ लाख नजिक पुगेको छ । आन्तरिक राजस्व विभागका अनुसार हिजोेसम्ममा






प्रतिकृया दिनुहोस