करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा झण्डै ११ लाख कारोबार योग्य
नवलपुर,साउन १९ । करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार सङ्ख्या ११ लाख नजिक पुगेको छ । आन्तरिक राजस्व विभागका अनुसार हिजोेसम्ममा यस्तो उपभोक्ता कारोबार सङ्ख्या १० लाख ८२ हजार ६२२ पुगेको हो ।
यसमा क्यूआरबाट गरिएको कारोबार र नगद कारोबार गरी प्रविष्ट (अपलोड) गरिएको बिल सङ्ख्यासमेत समावेश छन् । उपहार घोषणा हुनुअघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेको भौतिक बिजक अझै पनि पठाउन सकिने भएकाले यो सङ्ख्या बढ्ने अनुमान विभागले गरेको छ ।
विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार साउन १ गतेदेखि साउन १५ गतेसम्म क्यूआरबाट कारोबार गरेका १० लाख ७४ हजार ७९६ कारोबार उपहार कार्यक्रमका लागि योग्य छन् ।
यस्तै, शनिवारदेखि खुला गरिएको भौतिक बिल अपलोड गर्ने सुविधामा पनि उल्लेख्य मात्रामा उपभोक्ताहरू सहभागी छन् । कूल १० लाख ८२ हजार ६२२ वटा कारोबार र बिल मध्ये क्यूआरबाट कारोबार गरेका १० लाख ७४ हजार ७९६ छन् भने नगद कारोबार गरेर प्राप्त बिल पेस गरिएको सङ्ख्या तीन हजार ४२७ रहेको आन्तरिक राजस्व विभागले जनाएको छ ।
विभागले पहिलो १५ दिन (साउन १ देखि १५ गतेसम्म) मा १५ जनालाई दैनिक एक/एक लाख र एक जनालाई बम्परमा १० लाख पुरस्कार दिने गरी छिट्टै उपहार घोषणा गर्दै छ । पहिलो प्रोत्साहन कार्यक्रम साउन १६ गते सार्वजनिक गर्ने घोषणा गरिए पनि प्राविधिक तयारी नपुगेकाले केही ढिलाइ भएको विभागले जनाएको छ ।
यस कार्यक्रमअन्तर्गत १०० रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

शेयर बजार सामान्य बढ्यो, ४ अर्ब ४० करोडको कारोबार
नवलपुर,साउन २० । लगातार २ दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ४।७९ अङ्कले बढेर २ हजार ६६७।९७ विन्दुमा पुगेको छ । आज होटल

शेयर बजार २१ अङ्कले घट्यो, सबै समूह राताम्मे
नवलपुर,साउन १९ । हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज २१।१५ अङ्कले घटेर २ हजार ६६३।१८ विन्दुमा

आज सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घट्यो
नवलपुर,साउन १७ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ । अस्ति शुक्रबार बढेको सुनचाँदीको भाउ आज घटेको हो । सुन आज तोलामा






प्रतिकृया दिनुहोस