चालु आर्थिक वर्षमै नवलपुरमा पहिलो लगानी सम्मेलन गर्ने तयारी
नवलपुर, साउन १५ । नवलपुर जिल्लामा पहिलो पटक लगानी सम्मेलन आयोजना गर्ने तयारी सुरु भएको छ। जिल्लाका उद्योग वाणिज्य संघहरू र विभिन्न सरोकारवालाको संयुक्त बैठकले चालु आर्थिक वर्षभित्र ‘प्रथम नवलपुर लगानी सम्मेलन’ आयोजना गर्ने निर्णय गरेको हो।
नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोख्रेलको अध्यक्षतामा सम्पन्न बैठकले सम्मेलनको मिति भने पछि तय गर्ने जनाएको छ। अध्यक्ष पोख्रेलका अनुसार सम्मेलनको अवधारणा र कार्ययोजना तयार गरी निर्धारित समयभित्र कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
बैठकले साउन ३० गतेभित्र सम्मेलनको अवधारणा तथा प्रस्ताव तयार गर्न पाँच सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको छ। साथै भदौ १५ गतेभित्र जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, गैरसरकारी संस्था तथा निजी क्षेत्रका संघ–संस्थासँग छलफल गर्ने कार्यतालिका पनि तय गरिएको छ। यो जानकारी मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठले दिनुभयो।
बैठकमा सहभागीहरूले नवलपुरलाई कृषि, पर्यटन, उद्योग र व्यापारका हिसाबले उच्च सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै यहाँ औद्योगिक लगानी विस्तारका लागि सम्मेलन महत्वपूर्ण हुने धारणा राखेका छन्। देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसालका अनुसार भारतसँगको सहज व्यापारिक पहुँच, त्रिवेणी भन्सार कार्यालय, पूर्व–पश्चिम राजमार्ग, निर्माणाधीन नारायणगढ–बुटवल सडक, पर्याप्त विद्युत् आपूर्ति तथा लगानीमैत्री वातावरणले नवलपुरलाई औद्योगिक केन्द्रका रूपमा विकास गर्न बलियो आधार प्रदान गरेको छ।
सहज संस्थाका पूर्वअध्यक्ष करुणसागर सुवेदीले जिल्लामा उपलब्ध प्राकृतिक स्रोत, कृषि उत्पादन, पर्यटन तथा प्रशोधन उद्योगमा लगानी भित्र्याउन सम्मेलन प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो।
सम्मेलनमा सरकारी निकाय, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, स्वदेशी तथा विदेशी लगानीकर्ता, पर्यटन व्यवसायी, विकास साझेदार र उद्यमीहरूको सहभागिता गराइने तयारी गरिएको छ। सम्मेलनमार्फत लगानीका सम्भावना प्रस्तुत गर्ने, नीतिगत छलफल सञ्चालन गर्ने, परियोजना प्रदर्शनी गर्ने तथा लगानी साझेदारीको वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ।
बैठकमा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसाल, मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठ, नवलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष डासुराज पोख्रेल, निवर्तमान अध्यक्ष बैकुण्ठप्रसाद अर्याल, देवचुली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रेशम सापकोटा, मध्यविन्दु उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष केदार पराजुलीलगायत विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
यसैबीच, बैठकले आगामी चाडपर्वलाई लक्षित गर्दै हरेक शुक्रबार हुने साप्ताहिक बजार बन्दलाई भदौ १ गतेदेखि हरितालिका ९ठूली० एकादशीसम्म खुला राख्ने निर्णय गरेको छ। उक्त जानकारी नवलपुर उद्योग वाणिज्य संघका महासचिव रमेश अधिकारीले दिनुभयो।
त्यसैगरी, सुनसरीसहित तराई–मधेशका विभिन्न जिल्लामा देखिएको विषम तथा तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै बैठकले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र नागरिक संयम कायम राख्न सबैसँग आग्रह गरेको छ। व्यवसायीहरूको सुरक्षालाई प्राथमिकतामा राखी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गर्ने निर्णयसमेत बैठकले गरेको जनाएको छ।

मध्यविन्दु स्काईलाईन एकेडेमीमा ‘समर मार्ट’ सम्पन्न
विमा गाहा मगर । नवलपुर,साउन २० । मध्यविन्दु स्काईलाईन एकेडेमीमा विद्यार्थीहरूको सक्रिय सहभागितामा ‘समर मार्ट’ कार्यक्रम सम्पन्न भएको छ।

म्याग्दीको शैक्षिक टोलीद्वारा चण्डेश्वरी माविको इकोपोण्ड परियोजनाको अवलोकन
नवलपुर,साउन २०। कावासोती नगरपालिकाको शिक्षा शाखाले सञ्चालन गरिरहेको “आविष्कार र उत्पादनको जग मेरो विद्यालय” कार्यक्रम अन्तर्गत चण्डेश्वरी
साउन २५ गते शाश्वत धाममा विद्यालय स्तरीय शिव ताण्डव प्रतियोगिता हुँदै
नवलपुर,साउन १८ । साउनको अन्तिम सोमबार अर्थात् साउन २५ गते नवलपुरको देवचुली नगरपालिकामा रहेको शाश्वधाम परिसरमा विद्यालय स्तरीय शिव ताण्डव




प्रतिकृया दिनुहोस