म्याग्दीको शैक्षिक टोलीद्वारा चण्डेश्वरी माविको इकोपोण्ड परियोजनाको अवलोकन
नवलपुर,साउन २०। कावासोती नगरपालिकाको शिक्षा शाखाले सञ्चालन गरिरहेको “आविष्कार र उत्पादनको जग मेरो विद्यालय” कार्यक्रम अन्तर्गत चण्डेश्वरी माध्यमिक विद्यालय, कावासोती–१५, गोडारमा सञ्चालित इकोपोण्ड परियोजनाको अवलोकन गर्न गण्डकी प्रदेशको म्याग्दी जिल्ला अन्तर्गत बेनी नगरपालिकाको शैक्षिक टोली कावासोती आइपुगेको छ।
मंगलबार म्याग्दी जिल्लाको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको नेतृत्व तथा नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीको संयोजनमा आएको टोलीले विद्यालयमा सञ्चालन भइरहेको इकोपोण्ड परियोजना, माछाका लागि दाना उत्पादन गर्ने मेसिन तथा विद्यालयले अपनाएका नवीन शैक्षिक अभ्यासहरूको स्थलगत अनुगमन तथा अवलोकन गरेको हो। साथै टोली र विद्यालयबीच असल अभ्यास तथा अनुभव आदानप्रदानसमेत गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक लक्ष्मी न्यौपानेका अनुसार विद्यार्थीहरूको सक्रिय सहभागिता, शिक्षकहरूको मार्गनिर्देशन तथा स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोगबाट सञ्चालन गरिएको परियोजनाले व्यवहारिक सिकाइलाई प्रवर्द्धन गरेको छ। अवलोकनपछि भ्रमण टोलीले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र विद्यालय व्यवस्थापन समितिको सहजीकरणको प्रशंसा गर्दै यस्ता सिर्जनात्मक कार्यक्रम अन्य विद्यालयका लागि पनि प्रेरणादायी रहेको धारणा व्यक्त गरेको थियो।
भ्रमण टोलीको स्वागत तथा अवलोकन कार्यक्रम चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुमाकान्त पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा दुवै पक्षबीच विद्यालयमा सञ्चालन भइरहेका नवप्रवर्तनमुखी कार्यक्रम, उत्पादनमूलक शिक्षा र व्यवहारिक सिकाइका विषयमा समेत छलफल गरिएको थियो।
कावासोती नगरपालिकाले सञ्चालन गर्दै आएको “आविष्कार र उत्पादनको जग मेरो विद्यालय” कार्यक्रमअन्तर्गत विद्यालयमा सञ्चालित इकोपोण्ड परियोजनाले विद्यार्थीहरूमा सीप विकास, उद्यमशीलता तथा उत्पादनमुखी शिक्षालाई प्रोत्साहन पुर्याउँदै आएको छ।

मध्यविन्दु स्काईलाईन एकेडेमीमा ‘समर मार्ट’ सम्पन्न
विमा गाहा मगर । नवलपुर,साउन २० । मध्यविन्दु स्काईलाईन एकेडेमीमा विद्यार्थीहरूको सक्रिय सहभागितामा ‘समर मार्ट’ कार्यक्रम सम्पन्न भएको छ।
साउन २५ गते शाश्वत धाममा विद्यालय स्तरीय शिव ताण्डव प्रतियोगिता हुँदै
नवलपुर,साउन १८ । साउनको अन्तिम सोमबार अर्थात् साउन २५ गते नवलपुरको देवचुली नगरपालिकामा रहेको शाश्वधाम परिसरमा विद्यालय स्तरीय शिव ताण्डव

नवलपरासीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु, दुई घाइते
नवलपुर,साउन १७ । नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–२ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार दुई जना घाइते





प्रतिकृया दिनुहोस