नवलपरासीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु, दुई घाइते
नवलपुर,साउन १७ । नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–२ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार दुई जना घाइते भएका छन्।
अनियन्त्रित भई भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा भारतको कुशीनगर जिल्ला, रामकोला गाउँ घर भएका २५ वर्षीय विजय चौहान रहेका छन्।
दुर्घटनालगत्तै गम्भीर घाइते भएका चौहानको सिद्धार्थ सिटी अस्पताल, भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार भारत घर भएका २३ वर्षीय सतिस कुमार चमार र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ बस्ने ३६ वर्षीय कमल राना घाइते भएका छन्।
भारतीय नम्बर प्लेटको UP 57 BP 4162 नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

मध्यविन्दु स्काईलाईन एकेडेमीमा ‘समर मार्ट’ सम्पन्न
विमा गाहा मगर । नवलपुर,साउन २० । मध्यविन्दु स्काईलाईन एकेडेमीमा विद्यार्थीहरूको सक्रिय सहभागितामा ‘समर मार्ट’ कार्यक्रम सम्पन्न भएको छ।

म्याग्दीको शैक्षिक टोलीद्वारा चण्डेश्वरी माविको इकोपोण्ड परियोजनाको अवलोकन
नवलपुर,साउन २०। कावासोती नगरपालिकाको शिक्षा शाखाले सञ्चालन गरिरहेको “आविष्कार र उत्पादनको जग मेरो विद्यालय” कार्यक्रम अन्तर्गत चण्डेश्वरी
साउन २५ गते शाश्वत धाममा विद्यालय स्तरीय शिव ताण्डव प्रतियोगिता हुँदै
नवलपुर,साउन १८ । साउनको अन्तिम सोमबार अर्थात् साउन २५ गते नवलपुरको देवचुली नगरपालिकामा रहेको शाश्वधाम परिसरमा विद्यालय स्तरीय शिव ताण्डव





प्रतिकृया दिनुहोस