साउन २५ गते शाश्वत धाममा विद्यालय स्तरीय शिव ताण्डव प्रतियोगिता हुँदै
नवलपुर,साउन १८ । साउनको अन्तिम सोमबार अर्थात् साउन २५ गते नवलपुरको देवचुली नगरपालिकामा रहेको शाश्वधाम परिसरमा विद्यालय स्तरीय शिव ताण्डव प्रतियोगिता हुने भएको छ । धर्म, कला र संस्कृतिको प्रवर्धन र युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले शिव ताण्डव नृत्य प्रतियोगिताको आयोजना गरिएको शाश्वत धामले जनाएको छ।
प्रतियोगिता साउन २५ गते बिहान १० बजे धाम परिसरमा आयोजना गरिएको तथा प्रतियोगितामा सहभागी हुन जिल्लाका विद्यालयहरूलाई पत्रचार गरिएको बताइएको छ । शिव ताण्डव नृत्य प्रतियोगितामा सहभागी विद्यार्थीहरूले ५ मिनेटसम्मको नृत्य गर्न सक्नेछन्।
प्रतियोगितामा सहभागी हुन श्रावण २० गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ। नाम दर्ताका लागि ९८४१३१२५४६ मा सम्पर्क गर्न सकिनेछ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत गरिनेछ भने सहभागी सबैलाई प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक शाश्वतधामले जानकारी दिएको छ।

मध्यविन्दु स्काईलाईन एकेडेमीमा ‘समर मार्ट’ सम्पन्न
विमा गाहा मगर । नवलपुर,साउन २० । मध्यविन्दु स्काईलाईन एकेडेमीमा विद्यार्थीहरूको सक्रिय सहभागितामा ‘समर मार्ट’ कार्यक्रम सम्पन्न भएको छ।

म्याग्दीको शैक्षिक टोलीद्वारा चण्डेश्वरी माविको इकोपोण्ड परियोजनाको अवलोकन
नवलपुर,साउन २०। कावासोती नगरपालिकाको शिक्षा शाखाले सञ्चालन गरिरहेको “आविष्कार र उत्पादनको जग मेरो विद्यालय” कार्यक्रम अन्तर्गत चण्डेश्वरी

नवलपरासीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु, दुई घाइते
नवलपुर,साउन १७ । नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–२ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार दुई जना घाइते





प्रतिकृया दिनुहोस