-->

ट्रकको ठक्करबाट वृद्धको मृत्यु, राजमार्ग अवरुद्ध

Nawalpurfm

नवलपुर,साउन १६ । महेन्द्रराजमार्ग अन्तर्गत कावासोतीको फिलिम हल चोकमा ट्रकको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । उहाँ कावासोतीका ७९ वर्षका तुलसी च्वाई हुनुहुन्छ । घटनापछि अहिले बिहान स्थानीयले महेन्द्रराजमार्ग अबरुद्ध गरेका छन् ।

महेन्द्रराजमार्ग हुँदै पूर्व पश्चिम हिँडेका गाडी कावासोतीमा रोकिएका छन् । ट्राफिक प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार नारायणगढवाट बुटवलतर्फ जाँदै गरेको एउटा ट्रकको ठक्करबाट कावासोतीका ७९ वर्षका तुलसी च्वाईको बिहान मृत्यु भएको हो ।

फिलिम हल चोकमा पैदल बाटो काट्दै गरेका च्वाईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

महेन्द्रराजमार्गमा रहेको सीसीटीभी फुटेजका आधारमा ठक्कर दिने ट्रक खोज्न आफूहरु प्रयासरत रहेको प्रहरी निरीक्षक बर्तौलाले जानकारी दिए । ‘ट्रक खोज्न दुम्कीवासतर्फ जाँदै छौं’, बर्तौलाले भने ।स्थानीयले ठक्कर दिने गाडी नसमातिएसम्म अवरुद्ध राजमार्ग नखोल्ने अडान लिएका छन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

मध्यविन्दु स्काईलाईन एकेडेमीमा ‘समर मार्ट’ सम्पन्न

विमा गाहा मगर । नवलपुर,साउन २० । मध्यविन्दु स्काईलाईन एकेडेमीमा विद्यार्थीहरूको सक्रिय सहभागितामा ‘समर मार्ट’ कार्यक्रम सम्पन्न भएको छ।

Nawalpurfm

म्याग्दीको शैक्षिक टोलीद्वारा चण्डेश्वरी माविको इकोपोण्ड परियोजनाको अवलोकन

नवलपुर,साउन २०।  कावासोती नगरपालिकाको शिक्षा शाखाले सञ्चालन गरिरहेको “आविष्कार र उत्पादनको जग मेरो विद्यालय” कार्यक्रम अन्तर्गत चण्डेश्वरी

साउन २५ गते शाश्वत धाममा विद्यालय स्तरीय शिव ताण्डव प्रतियोगिता हुँदै

नवलपुर,साउन १८ । साउनको अन्तिम सोमबार अर्थात् साउन २५ गते नवलपुरको देवचुली नगरपालिकामा रहेको शाश्वधाम परिसरमा विद्यालय स्तरीय शिव ताण्डव