-->

मध्यविन्दु स्काईलाईन एकेडेमीमा ‘समर मार्ट’ सम्पन्न

Nawalpurfm

विमा गाहा मगर । नवलपुर,साउन २० । मध्यविन्दु स्काईलाईन एकेडेमीमा विद्यार्थीहरूको सक्रिय सहभागितामा ‘समर मार्ट’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूले गर्मीयाममा प्रयोग हुने विभिन्न सामग्रीहरूको  प्रदर्शनी तथा बिक्री गरेका थिए।

समर मार्टमा विद्यार्थीहरूले समरका लुगाहरू, छाता, टोपी, पंखा, चप्पल, आइसक्रिम, सनग्लास, विभिन्न फलफूल, जुस लगायत गर्मीयाममा आवश्यक पर्ने सामग्रीहरू राखेका थिए। विद्यार्थीहरूले आफैं सामग्रीको व्यवस्थापन, प्रस्तुतीकरण तथा बिक्री गर्दै उद्यमशीलता र व्यावहारिक सिकाइको अनुभव हासिल गरेका थिए।

कार्यक्रमका अवसरमा विद्यालयकी प्रि–प्राइमरी कोअर्डिनेटर सिर्जना खत्री शर्माले समर मार्ट आयोजना गर्नुको उद्देश्य विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास, सञ्चार सीप तथा व्यावहारिक ज्ञानको विकास गर्नु रहेको बताउनुभयो। यस्ता गतिविधिले विद्यार्थीहरूमा उद्यमशील सोचको विकास हुनुका साथै टोलीमा काम गर्ने बानी, जिम्मेवारीबोध र आर्थिक कारोबारबारे प्रारम्भिक ज्ञान हासिल गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।

विद्यालयले यस्ता प्रयोगात्मक तथा गतिविधिमूलक कार्यक्रममार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

म्याग्दीको शैक्षिक टोलीद्वारा चण्डेश्वरी माविको इकोपोण्ड परियोजनाको अवलोकन

नवलपुर,साउन २०।  कावासोती नगरपालिकाको शिक्षा शाखाले सञ्चालन गरिरहेको “आविष्कार र उत्पादनको जग मेरो विद्यालय” कार्यक्रम अन्तर्गत चण्डेश्वरी

साउन २५ गते शाश्वत धाममा विद्यालय स्तरीय शिव ताण्डव प्रतियोगिता हुँदै

नवलपुर,साउन १८ । साउनको अन्तिम सोमबार अर्थात् साउन २५ गते नवलपुरको देवचुली नगरपालिकामा रहेको शाश्वधाम परिसरमा विद्यालय स्तरीय शिव ताण्डव

Nawalpurfm

नवलपरासीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु, दुई घाइते

नवलपुर,साउन १७ । नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–२ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार दुई जना घाइते