-->

शेयर बजार सामान्य बढ्यो, ४ अर्ब ४० करोडको कारोबार

Nawalpurfm

नवलपुर,साउन २० । लगातार २ दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ४।७९ अङ्कले बढेर २ हजार ६६७।९७ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ ।

आज १२२ वटा कम्पनीको शेयर बढेकोमा १४३ वटाको घटेको छ । यस्तै ११ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज सोलु हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन एभरेस्ट कलरको शेयर ९ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ७ करोडको कारोबार भएकोमा आज ३५० वटा कम्पनीको १ करोड ६७ हजार कित्ता शेयर ४ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

शेयर बजार २१ अङ्कले घट्यो, सबै समूह राताम्मे

नवलपुर,साउन १९ । हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज २१।१५ अङ्कले घटेर २ हजार ६६३।१८ विन्दुमा

Nawalpurfm

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा झण्डै ११ लाख कारोबार योग्य

नवलपुर,साउन १९ । करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार सङ्ख्या ११ लाख नजिक पुगेको छ । आन्तरिक राजस्व विभागका अनुसार हिजोेसम्ममा

Nawalpurfm

आज सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घट्यो

नवलपुर,साउन १७ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ ।  अस्ति शुक्रबार बढेको सुनचाँदीको भाउ आज घटेको हो । सुन आज तोलामा