-->

शेयर बजार २१ अङ्कले घट्यो, सबै समूह राताम्मे

Nawalpurfm

नवलपुर,साउन १९ । हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज २१।१५ अङ्कले घटेर २ हजार ६६३।१८ विन्दुमा झरेको छ ।

आज सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज २१३ वटा कम्पनीको शेयर घटेकोमा ५९ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर झन्डै साढे १३ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन एभरेस्ट कलरको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३४३ वटा कम्पनीको १ करोड ७ लाख कित्ता शेयर ४ अर्ब ७ करोड रुपैयाँमा किनबेच भएको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

शेयर बजार सामान्य बढ्यो, ४ अर्ब ४० करोडको कारोबार

नवलपुर,साउन २० । लगातार २ दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ४।७९ अङ्कले बढेर २ हजार ६६७।९७ विन्दुमा पुगेको छ । आज होटल

Nawalpurfm

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा झण्डै ११ लाख कारोबार योग्य

नवलपुर,साउन १९ । करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार सङ्ख्या ११ लाख नजिक पुगेको छ । आन्तरिक राजस्व विभागका अनुसार हिजोेसम्ममा

Nawalpurfm

आज सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घट्यो

नवलपुर,साउन १७ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ ।  अस्ति शुक्रबार बढेको सुनचाँदीको भाउ आज घटेको हो । सुन आज तोलामा