अमेरिकामा शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित
नवलपुर,मंसिर ११ । अमेरिकाका पूर्वी र पश्चिमी तटीय क्षेत्रमा शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित भएको छ ।
आँधीका कारण सयौँ हवाई उडान रद्द भएका छन् भने एक हजारभन्दा बढी उडान ढिला भएका बीबीसीले जनाएको छ ।
आँधीका कारण ९ लाखभन्दा बढी घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ । अमेरिकामा थ्याङ्क्सगिभिङ पर्व मनाइरहेका बेला आएको खराब मौसमले यातायात तथा हवाई सेवामा ठूलो असर पारेको हो ।
बिदाको अवसरमा ८ करोडभन्दा बढी मानिसले यात्रा गर्ने अनुमान गरिएको छ । पूर्वी तटीय क्षेत्रमा शक्तिशाली आँधी अघि बढिरहेको छ ।
भर्जिनिया क्षेत्रमा प्रतिघण्टा ७० देखि ८० माइलसम्मको गतिमा हावाहुरी चलेको खबरमा उल्लेख छ । प्रतिकूल मौसमका कारण न्यूयोर्कमा आयोजना हुने प्रसिद्ध ‘मेसीज थ्याङ्क्सगिभिङ डे परेड’ पनि भोलिसम्मका लागि स्थगित गरिएको छ ।
न्युयोर्कका मेयर जोहरान माम्दानीले शक्तिशाली आँधी आउने चेतावनी दिँदै हावाहुरीका कारण रुखका हाँगा र बिजुलीका तार खस्ने जोखिम रहेको बताउनुभएको छ । आँधीका कारण थप क्षति हुन सक्ने भन्दै स्थानीय अधिकारीहरूले सतर्क रहन आग्रह गरेका छन् ।

एआई कम्पनीका शेयरमा ठूलो गिरावट, विश्व शेयर बजार प्रभावित
नवलपुर,मंसिर १० । कृत्रिम बुद्धिमत्ता अर्थात (एआई) क्षेत्रमा लगानी बढ्दै जाँदा त्यसको प्रतिफल र सम्भावित जोखिमबारे लगानीकर्ताको चिन्ता बढेपछि विश्व

ट्रम्प प्रशासनद्वारा चीन सहित १४ वटा देशमाथि नयाँ भन्सार शुल्क लगाउने घोषणा
नवलपुर,मंसिर १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घसहित १४ देश तथा व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउने

उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा
नवलपुर,मंसिर ९ । अष्ट्रेलियामा आर्थिक मन्दी आउने जोखिम बढ्दै गएको भन्दै वित्तीय सेवा तथा लगानी बैंकिङ समूह म्याक्वेरीले चेतावनी दिएको छ ।







प्रतिकृया दिनुहोस