एआई कम्पनीका शेयरमा ठूलो गिरावट, विश्व शेयर बजार प्रभावित
नवलपुर,मंसिर १० । कृत्रिम बुद्धिमत्ता अर्थात (एआई) क्षेत्रमा लगानी बढ्दै जाँदा त्यसको प्रतिफल र सम्भावित जोखिमबारे लगानीकर्ताको चिन्ता बढेपछि विश्व शेयर बजार नै प्रभावित भएको छ ।
अमेरिकी बजारमा एआईसँग सम्बन्धित कम्पनीका सेयरमा ठूलो बिक्री चाप देखिएसँगै हिजो एशियाली शेयर बजारमा समेत गिरावट आएको छ । लगानीकर्ताको अनिश्चितता बढ्दा एशियाका अधिकांश प्रमुख शेयर बजार ओरालो लागेका छन् ।
अमेरिकी शेयर बजारका फ्युचर्स र कच्चा तेलको मूल्यसमेत घटेको छ । एशियाली बजारमध्ये ताइवानको ताइएक्स परिसूचक सबैभन्दा बढी ५ प्रतिशतले घटेको छ । एआई चिप निर्माता ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) को शेयर मूल्य ३ दशमलव ६ प्रतिशतले घट्दा चिप डिजाइन कम्पनी मिडियाटेकको शेयरमा १० प्रतिशतको गिरावट आएको छ ।
त्यस्तै, दक्षिण कोरियाको कोस्पी परिसूचक ६ दशमलव २ प्रतिशतले घटेर ४ हजार ६ सय ९७ दशमलव ५१ अंकमा झरेको छ । सामसङ इलेक्ट्रोनिक्सको शेयर मूल्य ९ दशमलव ९ प्रतिशत र एसके हाइनिक्सको ११ दशमलव १ प्रतिशतले घटेको छ । जापानको निक्केई २२५ परिसूचक २ दशमलव ८ प्रतिशतले घटेर ५७ हजार ११ दशमलव ६२ अंकमा पुगेको छ ।
ओपनएआईमा लगानी गरेको सफ्टबैंक ग्रुपको शेयर मूल्य १४ दशमलव ८ प्रतिशतले घटेको छ भने सेमिकन्डक्टर निर्माता किओक्सियाको शेयर १४ दशमलव २ प्रतिशतले ओरालो लागेको छ ।

ट्रम्प प्रशासनद्वारा चीन सहित १४ वटा देशमाथि नयाँ भन्सार शुल्क लगाउने घोषणा
नवलपुर,मंसिर १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घसहित १४ देश तथा व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउने

उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा
नवलपुर,मंसिर ९ । अष्ट्रेलियामा आर्थिक मन्दी आउने जोखिम बढ्दै गएको भन्दै वित्तीय सेवा तथा लगानी बैंकिङ समूह म्याक्वेरीले चेतावनी दिएको छ ।

जेन्सेन एनभिडियाको मुख्यालय फर्किए, एशियाली शेयर बजारमा सकारात्मक प्रभाव
नवलपुर,मंसिर ८ । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ फेरि कम्पनीको मुख्यालय फर्किएपछि कर्मचारीले भव्य







प्रतिकृया दिनुहोस