-->

साविक विजेता पुलिसलाई हराउँदै आर्मी फाइनलमा

Nawalpurfm

नवलपुर, मंसिर १० । साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब झापा महिला गोल्डकपको फाइनलमा पुगेको छ ।

झापाको दूधे रङ्गशालामा आज भएको दोस्रो सेमिफाइलनमा आर्मीले पुलिसलाई १–० गोलले हरायो । आर्मीकी चन्द्रा भण्डारीले गोल गरिन् ।

अब आर्मीले उपाधिका लागि फाइनलमा पहिलो संस्करणको उपविजेता एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा झापा–११ लाई २–० गोलले हराउँदै एपीएफ फाइनलमा पुगेको हो ।

फाइनल खेल पर्सि शनिवार हुनेछ । दोस्रो संस्करणको झापा महिला गोल्डकपको विजेताले ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट एक जना खेलाडीले १ लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

एशिया कप राईजिङ स्टार्स खेलेर नेपाली टोली स्वदेश फिर्ता

नवलपुर,मंसिर १० । कतारमा चलिरहेको एशिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ

Nawalpurfm

दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा चार राष्ट्रिय कीर्तिमान

नवलपुर,मंसिर १० । कर्णाली प्रदेशमा चलिरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिन पौडीमा चार नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ

Nawalpurfm

१०औँ राष्ट्रिय खेलकुद आजदेखि, औपचारिक उद्घाटन भने १६ गते गरिने

नवलपुर,मंसिर ८ । लामो समयको प्रतीक्षापछि कर्णालीमा १०औँ राष्ट्रिय खेलकुद आजदेखि शुरु हुन लागेको छ । प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी

↑