-->

एशिया कप राईजिङ स्टार्स खेलेर नेपाली टोली स्वदेश फिर्ता

Nawalpurfm

नवलपुर,मंसिर १० । कतारमा चलिरहेको एशिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ ।

नेपाली टोली गएराति स्वदेश आइपुगेको हो । एशिया कप राइजिङ स्टार्समा नेपालले तीन खेल खेलेको थियो ।

तीन खेलमध्ये नेपालले दुई खेलमा हार र एक खेलमा जित निकालेको हो । नेपाल भारत ‘ए’ र पाकिस्तान ‘ए’सँग पराजीत हुँदा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराएको हो ।

नेपाली टोली अब एशिया आईसीसी एकदिवसीय विश्वकप ‘क्वालिफायर प्लेअफ’मा केन्द्रित हुनेछ । प्रतियोगिता यही मङ्सिर १८ देखिदेखि पुस ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

साविक विजेता पुलिसलाई हराउँदै आर्मी फाइनलमा

नवलपुर, मंसिर १० । साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब झापा महिला गोल्डकपको फाइनलमा पुगेको छ । झापाको दूधे रङ्गशालामा

Nawalpurfm

दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा चार राष्ट्रिय कीर्तिमान

नवलपुर,मंसिर १० । कर्णाली प्रदेशमा चलिरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिन पौडीमा चार नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ

Nawalpurfm

१०औँ राष्ट्रिय खेलकुद आजदेखि, औपचारिक उद्घाटन भने १६ गते गरिने

नवलपुर,मंसिर ८ । लामो समयको प्रतीक्षापछि कर्णालीमा १०औँ राष्ट्रिय खेलकुद आजदेखि शुरु हुन लागेको छ । प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी

↑