दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा चार राष्ट्रिय कीर्तिमान
नवलपुर,मंसिर १० । कर्णाली प्रदेशमा चलिरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिन पौडीमा चार नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ ।
हिजोसम्म बागमती प्रदेश ९ स्वर्ण, ४ रजत र ६ कांस्यसहित कुल १९ पदक जित्दै पदक तालिकाको शीर्ष स्थानमा छ । यस्तै, ६ स्वर्ण, १ रजत र २ कांस्यसहित एनआरएनए दोस्रो स्थानमा रहँदा नेपाल पुलिस क्लब ३ स्वर्ण, ७ रजत र ८ कांस्यसहित तेस्रो स्थानमा छ ।
बाँकेको नेपालगञ्जमा भएको पौडी प्रतिस्पर्धामा एकै दिन चार राष्ट्रिय कीर्तिमान बने । सुदूरपश्चिमका अर्थव सिंहले पुरुष ४०० मिटर फ्रिस्टाइलमा ४ मिनेट ५६ दशमलव ७६ सेकेन्डको समय निकाल्दै आफ्नै पुरानो कीर्तिमान सुधार गरे । उनले सुदूरपश्चिमका लागि पहिलो स्वर्णसमेत जिते ।
बागमतीका अभिव प्रधानले पुरुष एकसय मिटर ब्रेस्टस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते । एनआरएनएका लिली बोहराले महिला ८०० मिटर फ्रिस्टाइलमा कीर्तिमानी प्रदर्शन गर्दै स्वर्ण हात पारिन् । नेपाल पुलिस क्लबको टोलीले रिले स्पर्धामा अर्को राष्ट्रिय कीर्तिमान कायम गर्यो ।
यस्तै, महिला ४ गुणा १०० मिटर मिड्ले रिले र मिक्स ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमती प्रदेशले स्वर्ण जितेको छ । महिला बास्केटबलतर्फ फुल कोर्टमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ४७–३ अङ्कले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनायो ।
नेपाल पुलिस क्लबले आयोजक कर्णालीलाई ५२–१९ अङ्कले हरायो । थ्री अन थ्रीतर्फ त्रिभुवन आर्मी क्लबले कोशीलाई १३–८ र बागमतीले मधेशलाई ८–३ अङ्कले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरे ।
पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३–० गोलले पराजित गर्दा बागमती र कोशी प्रदेशले २–२ गोलको बराबरी खेले ।
महिला क्रिकेटमा बागमती प्रदेशले सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य तीन विकेट गुमाएर पूरा गर्दै सात विकेटको जित निकाल्यो । अर्को खेलमा कोशी प्रदेशले कप्तान रुबिना क्षेत्रीको ६२ रनको अर्धशतकको मद्दतमा आयोजक कर्णालीलाई ४९ रनले पराजित गर्यो ।
औपचारिक उद्घाटन मंसिर १६ गते हुने प्रतियोगिताका खेलहरू भने अस्ति मंसिर ८ गतेदेखि नै शुरु भएका हुन् ।

साविक विजेता पुलिसलाई हराउँदै आर्मी फाइनलमा
नवलपुर, मंसिर १० । साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब झापा महिला गोल्डकपको फाइनलमा पुगेको छ । झापाको दूधे रङ्गशालामा

एशिया कप राईजिङ स्टार्स खेलेर नेपाली टोली स्वदेश फिर्ता
नवलपुर,मंसिर १० । कतारमा चलिरहेको एशिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ

१०औँ राष्ट्रिय खेलकुद आजदेखि, औपचारिक उद्घाटन भने १६ गते गरिने
नवलपुर,मंसिर ८ । लामो समयको प्रतीक्षापछि कर्णालीमा १०औँ राष्ट्रिय खेलकुद आजदेखि शुरु हुन लागेको छ । प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी







प्रतिकृया दिनुहोस