नवलपुरमा प्रथम युवा सम्मेलन–२०८३सम्पन्न, जिल्लाको विकासमा युवाको भूमिका बढाउनुपर्नेमा जोड
विमा गाहा मगर । नवलपुर,मंसिर ९। युवाको नेतृत्व विकास, क्षमता अभिवृद्धि, सिर्जनशीलता तथा सामाजिक सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रथम नवलपुर युवा सम्मेलन–२०८३ सम्पन्न भएको छ। कावासोतीमा आयोजित सम्मेलनले जिल्लाका युवाबीच विचार, अनुभव र सम्भावनाको आदानप्रदान गर्दै युवा नेतृत्वलाई जिल्लाको विकाससँग जोड्ने साझा मञ्च प्रदान गरेको छ।
सम्मेलनलाई तीनवटा सत्रमा विभाजन गरी सञ्चालन गरिएको थियो। सम्मेलनमा जिल्लाका आठवटै पालिकाका युवाको प्रतिनिधित्वसहित जनप्रतिनिधि तथा संघीय सांसदको सहभागिता रहेको थियो।
सम्मेलनको पहिलो सत्रमा जिल्लाका आठवटै पालिकाबाट प्रतिनिधित्व गर्ने आठ जना युवाबीच अन्तरक्रिया गरिएको थियो। उक्त सत्रमा पालिकास्तरमा युवाको अवस्था, अवसर, सम्भावना, चुनौती तथा स्थानीय विकासमा युवाले खेल्न सक्ने भूमिकाका विषयमा छलफल र विचार आदानप्रदान गरिएको थियो।
त्यसैगरी, दोस्रो सत्रमा स्थानीय तहका जनप्रतिनिधिहरूसँग युवाका सवाल र विकासका विषयमा छलफल भएको थियो। सत्रमा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारी, कावासोती नगरपालिकाकी नगर उपप्रमुख फूलकुमारी थनेत तथा हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेको सहभागिता रहेको थियो।
सम्मेलनको तेस्रो तथा अन्तिम सत्रमा नवलपुर क्षेत्र नम्बर २ का संघीय सांसद मनीष खनाल सहभागी हुनुभएको थियो। उक्त सत्रमा जिल्लाको विकास प्रक्रियामा युवाको सहभागिता, नेतृत्वको सम्भावना तथा युवाका विचारलाई नीति निर्माणसँग जोड्ने विषयमा छलफल गरिएको थियो।
नगर युवा सञ्जालका अध्यक्ष पवन भुर्तेलका अनुसार सम्मेलनको मुख्य उद्देश्य युवाको सोच, ऊर्जा र नेतृत्व क्षमतालाई जिल्लाको समग्र विकाससँग जोड्नुका साथै युवाका सवाललाई साझा मञ्चमार्फत सम्बन्धित निकायसम्म पुर्याउनु रहेको थियो।
सम्मेलनले नवलपुरका युवाबीच आपसी सहकार्य, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। युवाका विचार, आवश्यकता र सम्भावनालाई स्थानीय तथा राष्ट्रिय विकासका गतिविधिसँग जोड्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरिएको छ।
जिल्लाको विकासमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने सन्देशसहित सम्पन्न सम्मेलनले युवा नेतृत्वलाई थप जिम्मेवार, सिर्जनशील र सक्रिय बनाउने अपेक्षा गरिएको छ।

कावासोतीमा मंसिर ९ गते प्रथम नवलपुर युवा सम्मेलन–२०८३ हुँदै, तीन सत्रमा कार्यक्रम सञ्चालन गरिने
विमा गाहा मगर । नवलपुर, मंसिर ७ ।नवलपुर, मंसिर ७ । नवलपुरको कावासोतीमा यही मंसिर ९ गते प्रथम नवलपुर युवा सम्मेलन–२०८३ आयोजना हुने भएको छ। युवाको

हुप्सेकोटमा श्रीमद्भागवत महायज्ञ तथा शैक्षिक महोत्सवको चौथो दिन पनि जारी
नवलपुर,मङ्सिर ४ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–३ बेलहानीमा मङ्सिर १ गतेदेखि सुरु भएकोश्रीमद्भागवत बृहत् धनधान्याञ्चल ज्ञान महायज्ञ

हुप्सेकोट–३ बेलहानीमा श्रीमद्भागवत महायज्ञ तथा शैक्षिक महोत्सव सुरु
नवलपुर, मङ्सिर २। नवलपुरको हुप्सेकोट गाउँपालिका–३ बेलहानीमा श्रीमद्भागवत बृहत् धनधान्याञ्चल ज्ञान महायज्ञ एवं शैक्षिक महोत्सव–२०८३ सुरु







प्रतिकृया दिनुहोस