जनकपुर–अयोध्या सीधा रेल सेवाको तालिका सार्वजनिक
नवलपुर, कात्तिक २९ । नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशमा रहेको अयोध्या सीधा रेल सेवामार्फत जोडिने भएका छन् । भारतीय रेल्वे मन्त्रालयले नयाँ रेल सेवा सञ्चालन गर्ने घोषणा गर्दै तालिका सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार जनकपुरधामबाट हरेक शनिवार र अयोध्या क्यान्टबाट हरेक सोमवार रेल छुट्ने गरी सेवा सञ्चालन हुनेछ ।
झन्डै ६०४ किलोमिटर लामो रेलमार्गले जनकपुरधामलाई अयोध्याको क्यान्टोनमेन्ट स्टेशनसँग जोड्नेछ । रेलले बिहार र उत्तर प्रदेशका विभिन्न शहर हुँदै यात्रा गर्नेछ ।
नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले यो सेवा शुरू गर्न लागेको भारतीय रेल्वे मन्त्रालयको भनाइ छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला रेल सेवा स्वीकृत भएको हो । प्रारम्भिक चरणमा भारतीय पक्षले नै यो रेल सेवा सञ्चालन गर्ने सहमति भएको छ ।
यस ऐतिहासिक रेल्वे सम्पर्कले दुई देशबीचको धार्मिक पर्यटन, सीमापार व्यापार र जनस्तरको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ ।

संस्कृति संरक्षण र समृद्धिको संकल्प पूरा गर्न प्रतिवद्ध रहेको प्रधानमन्त्री शाहको भनाइ
नवलपुर, कात्तिक २९ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ

स्थायी लेखा नम्बर लिनेको संख्या ८१ लाख नाघ्यो
नवलपुर, कात्तिक २९ । असोज मसान्तसम्म व्यवसायिक, व्यक्तिगत तथा करकट्टी गर्ने निकायले लिएका स्थायी लेखा नम्बर (प्यान) सहित कुल करदाता संख्या ८१ लाख ९५

कांग्रेस देउवा समूहको नवलपुर अधिवेशन सम्पन्न, जिल्ला सभापतिमा अशोक बस्ताकोटी चयन
नवलपुर,कात्तिक २९ । नेपाली कांग्रेसको देउवा समूहको नवलपुर जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अशोक बस्ताकोटीको नेतृत्वमा नयाँ जिल्ला



.2026-11-12-06-40-08.jpeg)



प्रतिकृया दिनुहोस