-->

स्थायी लेखा नम्बर लिनेको संख्या ८१ लाख नाघ्यो

Nawalpurfm

नवलपुर, कात्तिक २९ । असोज मसान्तसम्म व्यवसायिक, व्यक्तिगत तथा करकट्टी गर्ने निकायले लिएका स्थायी लेखा नम्बर (प्यान) सहित कुल करदाता संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको छ ।

आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२–८३ को असार मसान्तसम्म विभिन्न प्रकारका स्थायी लेखा नम्बर लिनेको संख्या ७९ लाख १० हजार ८६४ थियो ।

चालु आर्थिक वर्षको असोज महिनामा मात्रै २ लाख ८४ हजार ५५० स्थायी लेखा नम्बर थपिएसँगै कुल संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको हो । तथ्यांकअनुसार व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या असोज मसान्तसम्म २२ लाख २७ हजार ८३७ पुगेको छ ।

गएको आर्थिक वर्षको असार मसान्तसम्म यस्तो संख्या २१ लाख ७४ हजार ९१२ थियो । असोज महिनामा मात्रै ५२ हजार ९२५ व्यवसायिक प्यान थपिएका छन् । त्यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ५९ लाख २७ हजार ९३५ पुगेको छ ।

गएको असार मसान्तसम्म ५६ लाख ९६ हजार ७०८ जनाले व्यक्तिगत प्यान लिएका थिए । असोजमा मात्रै २ लाख ३१ हजार २२७ व्यक्तिगत प्यान थपिएका हुन् । भुक्तानीमा करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर (डब्लूपीएएन) को संख्या भने असोज मसान्तसम्म ३९ हजार ५६२ पुगेको छ ।

गएको असार मसान्तसम्म यस्तो संख्या ३९ हजार १६४ थियो । असोजमा ३९८ वटा थपिएका छन् ।

यसैगरी, मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता भएका करदाताको संख्या ३ लाख ९० हजार ४७ पुगेको छ । गएको  आर्थिक वर्षको असार मसान्तसम्म भ्याटमा दर्ता हुनेको संख्या ३ लाख ७८ हजार २६८ थियो । असोज महिनामा मात्रै ११ हजार ७७९ करदाता भ्याटमा थपिएका छन् ।

अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या पनि बढेको छ । गत असार मसान्तसम्म १ लाख ३२ हजार ६७२ रहेको अन्तःशुल्क दर्ता संख्या असोज मसान्तसम्म १ लाख ३८ हजार ९२६ पुगेको छ । असोज महिनामा मात्रै ६ हजार २५४ करदाता थपिएका हुन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

जनकपुर–अयोध्या सीधा रेल सेवाको तालिका सार्वजनिक

नवलपुर, कात्तिक २९ । नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशमा रहेको अयोध्या सीधा रेल सेवामार्फत जोडिने भएका छन् । भारतीय रेल्वे मन्त्रालयले नयाँ रेल

Nawalpurfm

संस्कृति संरक्षण र समृद्धिको संकल्प पूरा गर्न प्रतिवद्ध रहेको प्रधानमन्त्री शाहको भनाइ

नवलपुर, कात्तिक २९ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ

Nawalpurfm

कांग्रेस देउवा समूहको नवलपुर अधिवेशन सम्पन्न, जिल्ला सभापतिमा अशोक बस्ताकोटी चयन

नवलपुर,कात्तिक २९ । नेपाली कांग्रेसको देउवा समूहको नवलपुर जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अशोक बस्ताकोटीको नेतृत्वमा नयाँ जिल्ला

↑