कांग्रेस देउवा समूहको नवलपुर अधिवेशन सम्पन्न, जिल्ला सभापतिमा अशोक बस्ताकोटी चयन
नवलपुर,कात्तिक २९ । नेपाली कांग्रेसको देउवा समूहको नवलपुर जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अशोक बस्ताकोटीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।
अधिवेशनको उद्घाटन कांग्रेस नेता शंकर भण्डारीले गर्नुभएको थियो। अधिवेशनबाट जिल्ला उपसभापतिमा राजन सुवेदी र अनन्त कँडेल चयन हुनुभएको छ भने सचिवमा लेखनाथ दवाडी र मित्र भट्टराई चयन हुनुभएको छ।
त्यस्तै, क्षेत्रीय सभापतितर्फ क्षेत्र नम्बर १ मा शशि बस्ताकोटी र क्षेत्र नम्बर २ मा राजु पाण्डे चयन हुनुभएको छ।
प्रदेशसभा क्षेत्रीय सभापतिमा क्षेत्र नम्बर १ (क) बाट विवेक न्यौपाने, (ख) बाट अलङ्कार आचार्य, क्षेत्र नम्बर २ (क) बाट दीपक बस्याल र (ख) बाट खिमानन्द पाण्डे चयन हुनुभएको छ।
यसैगरी स्थानीय तहको नेतृत्वमा गैँडाकोट नगरपालिकामा शालिकराम घिमिरे, देवचुलीमा बद्री कोइराला, कावासोतीमा मणि भुसाल र मध्यविन्दुमा अर्जुन भुसाल चयन हुनुभएको छ।
त्यस्तै, बुलिङटार गाउँपालिकामा खिमबहादुर नेपाली, विनयी त्रिवेणीमा गोपाल न्यौपाने, हुप्सेकोटमा दिलबहादुर सारु र बौदीकालीमा गायत्री जिसी सभापतिमा चयन हुनुभएको छ।
अधिवेशनले जिल्ला, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय तथा स्थानीय तहमा पार्टी संगठनको नेतृत्व चयन गर्दै देउवा समूहको सांगठनिक गतिविधिलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

जनकपुर–अयोध्या सीधा रेल सेवाको तालिका सार्वजनिक
नवलपुर, कात्तिक २९ । नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशमा रहेको अयोध्या सीधा रेल सेवामार्फत जोडिने भएका छन् । भारतीय रेल्वे मन्त्रालयले नयाँ रेल

संस्कृति संरक्षण र समृद्धिको संकल्प पूरा गर्न प्रतिवद्ध रहेको प्रधानमन्त्री शाहको भनाइ
नवलपुर, कात्तिक २९ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ

स्थायी लेखा नम्बर लिनेको संख्या ८१ लाख नाघ्यो
नवलपुर, कात्तिक २९ । असोज मसान्तसम्म व्यवसायिक, व्यक्तिगत तथा करकट्टी गर्ने निकायले लिएका स्थायी लेखा नम्बर (प्यान) सहित कुल करदाता संख्या ८१ लाख ९५



.2026-11-12-06-40-08.jpeg)



प्रतिकृया दिनुहोस