-->

सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवनको कृपा बनिरहनेछ : राष्ट्रपति पौडेल

Nawalpurfm

नवलपुर,कात्तिक २९ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

छठ पर्व २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्थप सुदृढ पार्न यस पर्वले प्रेरणा प्रदान गर्ने बताउनुभएको छ ।

उहाँले दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामना गरी मनाउने छठ पर्वले सूर्य देवको आराधना गरी सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने तथा आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना तथा व्रत गरी रातभर नदी, खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले खासगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ हाल आएर काठमाण्डौ उपत्यकालगायत अन्य पहाडी र हिमाली जिल्लामा समेत श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय भएको बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

जनकपुर–अयोध्या सीधा रेल सेवाको तालिका सार्वजनिक

नवलपुर, कात्तिक २९ । नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशमा रहेको अयोध्या सीधा रेल सेवामार्फत जोडिने भएका छन् । भारतीय रेल्वे मन्त्रालयले नयाँ रेल

Nawalpurfm

संस्कृति संरक्षण र समृद्धिको संकल्प पूरा गर्न प्रतिवद्ध रहेको प्रधानमन्त्री शाहको भनाइ

नवलपुर, कात्तिक २९ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ

Nawalpurfm

स्थायी लेखा नम्बर लिनेको संख्या ८१ लाख नाघ्यो

नवलपुर, कात्तिक २९ । असोज मसान्तसम्म व्यवसायिक, व्यक्तिगत तथा करकट्टी गर्ने निकायले लिएका स्थायी लेखा नम्बर (प्यान) सहित कुल करदाता संख्या ८१ लाख ९५

↑