हेटौँडाको चुच्चेखोलामा खुवा व्यवसाय : आम्दानी र रोजगारीको माध्यम
नवलपुर,कात्तिक २३ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ चुच्चेखोलामा बन्ने खुवाको बजार र माग बढ्दो छ ।
चुच्चेखोला खुवाका लागि परिचित छ । कान्ति लोकपथ हुँदै हेटौँडा–काठमाण्डौ यात्रा गर्ने यात्रुका लागि खुवाको स्वाद मात्रै होइन, कोसेली पनि हुने गरेको छ ।
४ दशकभन्दा लामो इतिहास बोकेको खुवा व्यवसाय अहिले स्थानीयबासिन्दाको आम्दानी र रोजगारीको माध्यम बनिरहेको छ । पुराना व्यवसायीसँगै नयाँ पुस्ताले पनि खुवा बनाउने व्यवसायलाई निरन्तरता दिन थालेका छन् ।
बिहानदेखि बेलुका अबेरसम्म कराईमा दूध उमाल्दै खुवा घोटिरहेका व्यवसायी र खुवा खरिद गर्ने यात्रुको चहलपहल देख्न सकिन्छ । चुच्चेखोलामा व्यावसायिक रूपमा खुवा उत्पादनको शुरुवात २०३६ सालमा कृष्णप्रसाद तिमल्सिनाले गर्नुभएको थियो ।
सिमित पसलबाट शुरु भएको व्यवसाय विस्तार हुँदै अहिले चुच्चेखोलाको प्रमुख पहिचान बनेको छ । अहिले १५ वटाभन्दा धेरै खुवा पसल सञ्चालनमा छन् । चुच्चेखोलामा उत्पादित खुवा हेटौँडा, काठमाण्डौ, पोखरा, चितवन, वीरगञ्ज तथा तराईका विभिन्न जिल्लासम्म पुग्ने गरेको छ ।
खुवासँगै पेडा, गुँदपाक, पुष्टकारीलगायत मिठाईको उत्पादन र बिक्रीसमेत हुँदै आएको छ । सामान्यतया ४ लिटर दुधबाट झण्डै एक किलो खुवा तयार हुन्छ । खुवा प्रतिकिलो ७०० रुपैयाँमा बिक्री हुँदै आएको छ । दैनिक १० देखि १५ किलोसम्म खुवा बिक्री गर्दै आएको विदेशबाट फर्केर यो व्यवसाय थालेका ध्रुव तिमल्सिना बताउनुहुन्छ ।
पारिवारिक व्यवसायलाई निरन्तरता दिँदा घरपरिवारको आर्थिक अवस्थामा सुधार आएको उहाँको भनाइ छ । खुवा व्यवसायले रोजगारीसँगै दूध उत्पादक किसानलाई बजारसमेत उपलब्ध गराएको छ ।

आज गणेशमान सिंहको ११२औँ जन्मजयन्ती मनाइँदै
नवलपुर,कात्तिक २४ । प्रजातन्त्र पुनः स्थापनाका लागि २०४६ सालमा भएको जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्म जयन्ती आज विभिन्न

कोप–३१ मा नेपालको पर्वतीय एजेन्डा प्राथमिकतामा
नवलपुर,कात्तिक २४ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) ले नेपाल र भुटानले संयुक्त रूपमा

देउसी–भैलो २४सै घण्टा सञ्चालन गर्न दिन गृह मन्त्रालयको निर्देशन
नवलपुर,कात्तिक २४ । गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ







.2026-11-04-09-44-07.jpeg)
प्रतिकृया दिनुहोस