आज गणेशमान सिंहको ११२औँ जन्मजयन्ती मनाइँदै
नवलपुर,कात्तिक २४ । प्रजातन्त्र पुनः स्थापनाका लागि २०४६ सालमा भएको जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
१९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो । २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गर्नुभएको थियो ।
१९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई उहाँले राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो । तर राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायत नेतालाई तत्कालीन सरकारले जेलमा राखेको थियो । २००७ सालअघि जेल फोरेर भाग्न सफल उहाँ तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो
जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ । २०१५ सालमा भएको पहिलो चुनावपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दी गृहमा कारावास जीवन बिताउनुभयो । २०२५ सालमा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो ।
२०३३ सालमा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाको विरुद्धमा सक्रिय रहनुभयो । गणेशमान सिंहको जयन्तीका अवसरमा आज नेपाली काँग्रेसका दुवै समूह र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्था, गणेशमान सिंह अध्ययन प्रतिष्ठानलगायतले विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएका छन् ।

कोप–३१ मा नेपालको पर्वतीय एजेन्डा प्राथमिकतामा
नवलपुर,कात्तिक २४ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) ले नेपाल र भुटानले संयुक्त रूपमा

देउसी–भैलो २४सै घण्टा सञ्चालन गर्न दिन गृह मन्त्रालयको निर्देशन
नवलपुर,कात्तिक २४ । गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ

घोप्टेभीरमा पहिरोले पृथ्वी राजमार्ग फेरि बन्द, यात्रुलाई सास्ती
नवलपुर,कात्तिक २४ । चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा फेरि सुक्खा पहिरो खसेको छ । पहिरोले पृथ्वी राजमार्ग बन्द भएको छ ।







.2026-11-04-09-44-07.jpeg)
प्रतिकृया दिनुहोस