-->

आज एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना, चिसो बढ्यो

Nawalpurfm

नवलपुर,कात्तिक २३ । आज हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ ।

अरु बाँकी ठाउँमा मौसम सफा छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि र पर्सि पनि देशका धेरै ठाउँमा मौसम सफा रहने अनुमान छ । एक/दुई ठाउँमा छिटपुट वर्षा र उच्च क्षेत्रमा हिमपात तथा तराई, उपत्यका तथा खोँचमा बिहानपख थोरै ठाउँमा हुस्सुरकुहिरो लाग्नेछ ।

यसैबीच काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढ्न थालेको छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री सेल्सियस मापन भएको छ ।

हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको थियो । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

आज गणेशमान सिंहको ११२औँ जन्मजयन्ती मनाइँदै

नवलपुर,कात्तिक २४ । प्रजातन्त्र पुनः स्थापनाका लागि २०४६ सालमा भएको जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्म जयन्ती आज विभिन्न

Nawalpurfm

कोप–३१ मा नेपालको पर्वतीय एजेन्डा प्राथमिकतामा

नवलपुर,कात्तिक २४ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) ले नेपाल र भुटानले संयुक्त रूपमा

Nawalpurfm

देउसी–भैलो २४सै घण्टा सञ्चालन गर्न दिन गृह मन्त्रालयको निर्देशन

नवलपुर,कात्तिक २४ । गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ

↑