-->

पृथ्वी राजमार्ग बन्द : मुग्लिन नजिकै घोप्टेभिरमा सुक्खा पहिरो

Nawalpurfm

नवलपुर,कात्तिक २३ । चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार पहिरोले सडक दुवैतर्फ अवरुद्ध भएको छ । त्यसअघि हिजो पनि पहिरो खसेको थियो तर लगत्तै सफा गरी खुलाएको भए पनि फेरि आज बिहान पहिरो खसेको हो । पहिरो पन्छाउन थालिएको छ । 

नागढुंगा–मुग्लिङ सडक योजना पश्चिम खण्डका इन्जिनियर सचिन्द्र मिश्रका अनुसार पहिरो पन्छाउन झण्डै तीन घन्टा लाग्ने अनुमान छ । पहिरोका कारण मुग्लिन हुँदै सङ्घीय राजधानी काठमाण्डौ भित्रने र बाहिरिने गाडी रोकिएका छन् । तिहार मनाउन आउजाउ गर्ने तथा अन्य यात्रु प्रभावित भएका छन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

आज गणेशमान सिंहको ११२औँ जन्मजयन्ती मनाइँदै

नवलपुर,कात्तिक २४ । प्रजातन्त्र पुनः स्थापनाका लागि २०४६ सालमा भएको जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्म जयन्ती आज विभिन्न

Nawalpurfm

कोप–३१ मा नेपालको पर्वतीय एजेन्डा प्राथमिकतामा

नवलपुर,कात्तिक २४ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) ले नेपाल र भुटानले संयुक्त रूपमा

Nawalpurfm

देउसी–भैलो २४सै घण्टा सञ्चालन गर्न दिन गृह मन्त्रालयको निर्देशन

नवलपुर,कात्तिक २४ । गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ

↑