-->

तिहारको चौथो दिन आज गाईपूजा गरिँदै

Nawalpurfm

नवलपुर,कात्तिक २३ । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।

गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ ।

नेपालका केही ठाउँ र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको शुरुआतमा गाईपूजा गर्ने गरिएको धर्मशास्त्रका जानकार प्रा।डा। रामचन्द्र गौतमले बताउनुभयो ।

गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ । आज पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिने पनि गरिन्छ । यसअघि हिजो घरघरमा लक्ष्मीपूजा गरियो ।

त्यसअघि बिहान कुकुर तिहार मनाइएको थियो । काग तिहार अस्ति शनिबार परेको थियो । भोलि गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । साथै भोलिदेखि नेपाल संवत् ११४७ पनि शुरु हुँदैछ ।

यमपञ्चकको अन्तिम दिन अर्थात् पर्सि २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि पर्सि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

आज गणेशमान सिंहको ११२औँ जन्मजयन्ती मनाइँदै

नवलपुर,कात्तिक २४ । प्रजातन्त्र पुनः स्थापनाका लागि २०४६ सालमा भएको जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्म जयन्ती आज विभिन्न

Nawalpurfm

कोप–३१ मा नेपालको पर्वतीय एजेन्डा प्राथमिकतामा

नवलपुर,कात्तिक २४ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) ले नेपाल र भुटानले संयुक्त रूपमा

Nawalpurfm

देउसी–भैलो २४सै घण्टा सञ्चालन गर्न दिन गृह मन्त्रालयको निर्देशन

नवलपुर,कात्तिक २४ । गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ

↑