टी–२० अन्तर्राष्ट्रियमा २०० विकेट लिने पहिलो खेलाडी बने राशिद
नवलपुर,कात्तिक १३ । अफगानिस्तानका पूर्वकप्तान राशिद खान पुरुष टी–२० अन्तर्राष्ट्रिय पुरुष क्रिकेटमा २०० विकेट लिने पहिलो बलर बनेका छन् ।
यूएईको शारजाहमा गएराति भएको जिम्बावेसँगको दोस्रो टी–२० खेलका क्रममा उनले यो उपलब्धि हासिल गरेका हुन् ।
२८ वर्षीय राशिदले १२० खेलमा १३.९६ को औसत र ६.१३ को इकोनोमी रेटमा कीर्तिमानी २०० विकेट लिएका हुन् ।
गएको वर्षको अक्टोबरमा यूएईको अबुधाबीमा बङ्गलादेशसँगको खेलका क्रममा राशिद खान एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २०० विकेट लिने पहिलो अफगानी बलर बनेका थिए ।
टी–२० अन्तर्राष्ट्रिय पुरुष क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको दोस्रो नम्बरमा इङ्ग्ल्यान्डका आदिल रशिदले १५३ खेलमा १७१ विकेट लिएका छन् । यस्तै ११९ खेलमा १६५ विकेट लिएका हङकङका एहसान तेस्रो नम्बरमा छन् ।
यो सूचीमा नेपालका सन्दीप लामिछाने ८० खेलमा १४२ विकेटसहित १३औँ स्थानमा छन् ।

रोनाल्डोको १५ मिनेटको ह्याट्रिकमा अल नासर विजयी
नवलपुर,कात्तिक १३ । साउदी प्रो लिगमा अल नासरले लगातार चौथो जीत हासिल गरेको छ । गएराति रियादको अल–अव्वल पार्कमा भएको खेलमा अल नासरले अल खुलुदलाई ५–३

एनपीएलःकाठमाण्डौलाई हराउँदै जनकपुरको पहिलो जीत
नवलपुर, कात्तिक १२ । काठमाण्डौ गोर्खाजलाई हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जीत हासिल गरेको छ । कीर्तिपुरको त्रिवि

एनपीएलःकाठमाण्डौले दियो जनकपुरलाई ११६ रनको लक्ष्य
नवलपुर, कात्तिक १२ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डौ गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि







प्रतिकृया दिनुहोस