-->

रोनाल्डोको १५ मिनेटको ह्याट्रिकमा अल नासर विजयी

Nawalpurfm

नवलपुर,कात्तिक १३ । साउदी प्रो लिगमा अल नासरले लगातार चौथो जीत हासिल गरेको छ । गएराति रियादको अल–अव्वल पार्कमा भएको खेलमा अल नासरले अल खुलुदलाई ५–३ गोलले हरायो ।

अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । रोनाल्डोले खेलको ६६औँ, ७२औँ र ८१औँ गरी १५ मिनेटभित्र ३ गोल गरे । यस्तै एन्जेलो गाब्रियल र साडियो मानेले १र१ गोल गरे । अल खुलुदका जुलियन डोमिन्गुएसले २ र एन्टोइन एसोम्बाले १ गोल गरे ।

यो जीतसँगै अल नासर ११ खेलमा २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । अल खुलुद लगातार पाँचौँ हार बेहोर्दै ११ खेलमा १२ अङ्कसहित १०औँ स्थानमा छ ।

आफ्नो करियरमा कीर्तिमानी १ हजार गोलको खोजीमा रहेका ४१ वर्षीय रोनाल्डोको गोल सङ्ख्या ९८५ पुगेको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

टी–२० अन्तर्राष्ट्रियमा २०० विकेट लिने पहिलो खेलाडी बने राशिद

नवलपुर,कात्तिक १३ । अफगानिस्तानका पूर्वकप्तान राशिद खान पुरुष टी–२० अन्तर्राष्ट्रिय पुरुष क्रिकेटमा २०० विकेट लिने पहिलो बलर बनेका छन् । यूएईको

Nawalpurfm

एनपीएलःकाठमाण्डौलाई हराउँदै जनकपुरको पहिलो जीत

नवलपुर, कात्तिक १२ । काठमाण्डौ गोर्खाजलाई हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जीत हासिल गरेको छ । कीर्तिपुरको त्रिवि

Nawalpurfm

एनपीएलःकाठमाण्डौले दियो जनकपुरलाई ११६ रनको लक्ष्य

नवलपुर, कात्तिक १२ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डौ गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि

↑