-->

एनपीएलःकाठमाण्डौलाई हराउँदै जनकपुरको पहिलो जीत

Nawalpurfm

नवलपुर, कात्तिक १२ । काठमाण्डौ गोर्खाजलाई हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जीत हासिल गरेको छ ।

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा जनकपुरले काठमाण्डौलाई ८ विकेटले हरायो ।

काठमाण्डौले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो । जनकपुरका मोइन अलीले नटआउट ५८, सैफ हसनले नटआउट ४० रन बनाए । काठमाण्डौका रिपन मण्डलले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको काठमाण्डौले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो । काठमाण्डौका भीम सार्कीले ३३ रन बनाए । जनकपुरका राहुल यादवले ४ विकेट लिए ।

जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । काठमाण्डौको यो पहिलो खेल हो ।

एनपीएलमा आजको दोस्रो खेलमा बेलुका ५ बजे विराटनगर किङ्ग्स र कर्णाली याक्स खेल्दैछन् । विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो ।

आठ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

टी–२० अन्तर्राष्ट्रियमा २०० विकेट लिने पहिलो खेलाडी बने राशिद

नवलपुर,कात्तिक १३ । अफगानिस्तानका पूर्वकप्तान राशिद खान पुरुष टी–२० अन्तर्राष्ट्रिय पुरुष क्रिकेटमा २०० विकेट लिने पहिलो बलर बनेका छन् । यूएईको

Nawalpurfm

रोनाल्डोको १५ मिनेटको ह्याट्रिकमा अल नासर विजयी

नवलपुर,कात्तिक १३ । साउदी प्रो लिगमा अल नासरले लगातार चौथो जीत हासिल गरेको छ । गएराति रियादको अल–अव्वल पार्कमा भएको खेलमा अल नासरले अल खुलुदलाई ५–३

Nawalpurfm

एनपीएलःकाठमाण्डौले दियो जनकपुरलाई ११६ रनको लक्ष्य

नवलपुर, कात्तिक १२ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डौ गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि

↑