एनपीएलःकाठमाण्डौले दियो जनकपुरलाई ११६ रनको लक्ष्य
नवलपुर, कात्तिक १२ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डौ गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाण्डौले १९ ओभर ३ बलमा ११५ रन बनाउँदा सबै विकेट गुमायो । काठमाण्डौका भीम सार्कीले ३३ रन बनाए । जनकपुरका राहुल यादवले ४ विकेट लिए ।
प्रतियोगितामा काठमाण्डौको यो पहिलो र जनकपुरको दोस्रो खेल हो । जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।
एनपीएलमा आजको दोस्रो खेलमा बेलुका ५ बजे विराटनगर किङ्ग्स र कर्णाली याक्स खेल्दैछन् । विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको छ ।
आठ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

एनपीएलमा आज जनकपुर र काठमाण्डौ तथा कर्णाली र विराटनगर खेल्दै
नवलपुर,कात्तिक १२ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । पहिलो खेल दिउँसो साढे १२ बजे जनकपुर बोल्ट्स र काठमाण्डौ
एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै
नवलपुर,कात्तिक ११ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै
नवलपुर,कात्तिक १० । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल








प्रतिकृया दिनुहोस