-->

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

Nawalpurfm

नवलपुर,कात्तिक १० । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ ।

त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । यसअघि हिजो भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली लुम्बिनी लायन्सले यसअघि लगातार दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्सलाई ७ विकेटले हराउँदै विजयी शुरुआत गरेको थियो । यो खेलमा लुम्बिनीले दबदबा कायमै राख्यो भने सुदूरपश्चिमले अघिल्लो पटक फाइनलमा ब्यहोरेको हारको बदला लिन सकेन ।

सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टाएको थियो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा अलआउट भएको थियो । एनपीएलमा आउँदो मंसिर ५ गतेसम्म चल्नेछ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य

नवलपुर, कात्तिक ९ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ

Nawalpurfm

प्रधानमन्त्री शाहबाट एनपीएल उद्घाटन

नवलपुर, कात्तिक ९ । प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन गर्नुभएको छ । कीर्तिपुरमा रहेको त्रिवि

Nawalpurfm

कुशल परेराले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

नवलपुर, कात्तिक ९ । श्रीलङ्काका विकेटकिपर ब्याटर कुशल परेराले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । तेस्रो संस्करणको

↑