-->

कुशल परेराले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

Nawalpurfm

नवलपुर, कात्तिक ९ । श्रीलङ्काका विकेटकिपर ब्याटर कुशल परेराले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

तेस्रो संस्करणको प्रतियोगिताका लागि परेरालाई अनुबन्ध गरेको जनकपुरले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ ।

३६ वर्षीय कुशल परेराले ९५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार ३३५ रन बनाएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा २३८ खेलमा ५ हजार ४२८ रन बनाएका छन् ।

परेरासँग इन्डियन प्रिमियर लिग (आईपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) जस्ता टी–२० लिग खेलेको अनुभव छ ।

एनपीएल आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

उद्घाटन खेलमा बेलुका ५ बजे साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।

एनपीएलमा पहिलो पटक ‘डीआरएस’ प्रयोग हुँदैछ । यस्तै एनपीएलका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले लिस्ट ‘ए’ टी–२० को आधिकारिक मान्यता दिएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

नेपाली क्रिकेटको महाउत्सव एनपीएलको तेस्रो संस्करण आजदेखि

नवलपुर,कात्तिक ९ । नेपाली क्रिकेटको महाउत्सव नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको उदघाटन खेलमा गएको

Nawalpurfm

पाकिस्तानी बलर हसन अलीले चितवन राइनोजबाट एनपीएल खेल्ने

नवलपुर,कात्तिक ८ । पाकिस्तानका तीव्र गतिका बलर हसन अलीले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । तेस्रो संस्करणको

Nawalpurfm

एशिया कप राइजिङ स्टार्समा नेपालले पहिलो खेल भारत ‘ए’ सँग खेल्ने

नवलपुर,कात्तिक ८ । कतारमा आयोजना हुने एसीसी पुरुष एशिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल भारत ‘ए’ सँग खेल्ने भएको छ

↑