एशिया कप राइजिङ स्टार्समा नेपालले पहिलो खेल भारत ‘ए’ सँग खेल्ने
नवलपुर,कात्तिक ८ । कतारमा आयोजना हुने एसीसी पुरुष एशिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल भारत ‘ए’ सँग खेल्ने भएको छ ।
एशियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले नोभेम्बर २० अर्थात् मंसिर ४ गते भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ ।
दोहामा रहेको वेस्ट इन्ड इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ । नोभेम्बर १९ अर्थात मंसिर ३ देखि सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । नेपालले समूह चरणको दोस्रो खेल मंसिर ६ गते यूएईसँग खेल्नेछ ।
त्यस्तै, नेपालले समूह चरणको अन्तिम खेल मंसिर २४ गते पाकिस्तान ‘ए’ सँग खेल्नेछ ।

कुशल परेराले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने
नवलपुर, कात्तिक ९ । श्रीलङ्काका विकेटकिपर ब्याटर कुशल परेराले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । तेस्रो संस्करणको

नेपाली क्रिकेटको महाउत्सव एनपीएलको तेस्रो संस्करण आजदेखि
नवलपुर,कात्तिक ९ । नेपाली क्रिकेटको महाउत्सव नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको उदघाटन खेलमा गएको

पाकिस्तानी बलर हसन अलीले चितवन राइनोजबाट एनपीएल खेल्ने
नवलपुर,कात्तिक ८ । पाकिस्तानका तीव्र गतिका बलर हसन अलीले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । तेस्रो संस्करणको









प्रतिकृया दिनुहोस