-->

पाकिस्तानी बलर हसन अलीले चितवन राइनोजबाट एनपीएल खेल्ने

Nawalpurfm

नवलपुर,कात्तिक ८ । पाकिस्तानका तीव्र गतिका बलर हसन अलीले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

तेस्रो संस्करणको प्रतियोगिताका लागि हसनलाई अनुबन्ध गरेको चितवनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ ।

३२ वर्षीय हसन अलीले पाकिस्तानका लागि ५७ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७२ विकेट लिएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा २५० खेलमा ३६९ विकेट लिएका छन् ।

हसनले पाकिस्तान सुपर लिग (पीएसएल), बिग बाश लिग (बीबीएल), बङ्गलादेश प्रिमियर लिग (बीपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल) जस्ता टी–२० लिग खेलेका छन् ।

एनपीएल भोलिदेखि आउँदो मङ्सिर ५ गतेसम्म कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

उद्घाटन खेलमा भोलि दिउँसो साढे ४ बजे साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।

पहिलो पटक ‘डीआरएस’ प्रविधि, आईसीसीको आधिकारिक मान्यता, विदेशी स्टार खेलाडीहरूको सहभागिताले एनपीएललाई विशेष बनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

कुशल परेराले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

नवलपुर, कात्तिक ९ । श्रीलङ्काका विकेटकिपर ब्याटर कुशल परेराले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । तेस्रो संस्करणको

Nawalpurfm

नेपाली क्रिकेटको महाउत्सव एनपीएलको तेस्रो संस्करण आजदेखि

नवलपुर,कात्तिक ९ । नेपाली क्रिकेटको महाउत्सव नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको उदघाटन खेलमा गएको

Nawalpurfm

एशिया कप राइजिङ स्टार्समा नेपालले पहिलो खेल भारत ‘ए’ सँग खेल्ने

नवलपुर,कात्तिक ८ । कतारमा आयोजना हुने एसीसी पुरुष एशिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल भारत ‘ए’ सँग खेल्ने भएको छ

↑