-->

प्रधानमन्त्री शाहबाट एनपीएल उद्घाटन

Nawalpurfm

नवलपुर, कात्तिक ९ । प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन गर्नुभएको छ ।

कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले अम्पायरलाई बल प्रदान गरेसँगै एनपीएलको औपचारिक उद्घाटन भएको हो ।

उद्घाटन खेलमा अहिले साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स खेलिरहेका छन् । लुम्बिनीले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ गरिरहेको छ ।

यस पटकको विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै उपविजेताले ८० लाख, तेस्रोले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

पहिलो पटक डीआरएसको प्रयोग, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता, विदेशी खेलाडीको उत्साहजनक सहभागिता, दर्शकको बढ्दो चासो र प्रतियोगितासँग जोडिएको व्यावसायिक गतिविधिले यसपालिको एनपीएललाई थप विशेष बनाएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले लिग चरणका खेलमा साधारणतर्फको टिकटको दर पाँच सय र प्रिमियमतर्फको एक हजार रुपैयाँ निर्धारण गरेको छ । यस्तै एलिमिनेटर र फाइनल खेलका लागि भने साधारणतर्फको टिकट दर एक हजार र प्रिमियमतर्फको दुई हजार रुपैयाँ तोकिएको छ ।

एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्ग्स, चितवन राइनोज, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गुर्खाज र पोखरा एभेन्जर्स गरी ८ वटा टोली सहभागी छन् । प्रतियोगिता आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

नवलपुर,कात्तिक १० । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल

Nawalpurfm

सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य

नवलपुर, कात्तिक ९ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ

Nawalpurfm

कुशल परेराले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

नवलपुर, कात्तिक ९ । श्रीलङ्काका विकेटकिपर ब्याटर कुशल परेराले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । तेस्रो संस्करणको

↑