एनपीएलमा आज जनकपुर र काठमाण्डौ तथा कर्णाली र विराटनगर खेल्दै
नवलपुर,कात्तिक १२ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् ।
पहिलो खेल दिउँसो साढे १२ बजे जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच हुनेछ । यस्तै, आजको दोस्रो खेल बेलुकी ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।
एनपीएलमा जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । काठमाण्डौ गोर्खाजले भने आज यस सिजनको पहिलो खेल खेल्दैछ । कर्णालीले प्रतियोगितामा विजयी शुरुवात गरिसकेको छ ।
यसअघि विराटनगर चितवन राइनोसँग ८ रनले पराजित भएको थियो । एनपीएलमा हिजो सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो ।
पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा यसअघि उद्घाटन खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।
८ वटा टोली सहभागी प्रतियोगीता आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।
एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै
नवलपुर,कात्तिक ११ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै
नवलपुर,कात्तिक १० । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल

सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य
नवलपुर, कात्तिक ९ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ








प्रतिकृया दिनुहोस