सुनकोशीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो : तीन जनाको खोजी चल्दै
नवलपुर,कात्तिक,०१ । काठमाण्डौबाट खोटाङका लागि छुटेको जीप गएराति सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
गएराति साढे २ बजेतिर को १ ज २९७६ नम्बरको जीप सुनकोशी नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाअनुसार जीपमा रहेकामध्ये तीन जना महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डीएसपी विजय श्रेष्ठले जानकारी दिनुभयो ।
अरू तीन जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरूको खोजी भइरहेको छ । दुर्घटनामा चालक आशिष विष्टसहित ४ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ओखलढुङ्गाका चालक विष्ट, खोटाङकी सम्झना राई, उहाँकी छोरी सिवानी राई, र अर्का १३ वर्षीय अंकित विक रहेका छन् ।
घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल फर्कन चाहेको सन्देशसहित जीबी राईको अडियो सार्वजनिक, अडियो परीक्षणको तयारी
नवलपुर,कात्तिक,०१ । सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा फरार रहेका गीतेन्द्रबाबु (जीबी राई) ‘स्वदेश फर्किन चाहेको’ प्रेस विज्ञप्ति र अडियो

नवरात्रको आठौँ दिन आज महागौरीको पूजा आराधना गरिँदै
नवलपुर,कात्तिक,०१ । नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा गरिँदै छ । सेतो वर्ण, सेतो पहिरन र गहना धारण

निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक
नवलपुर,असोज ३१। निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । अद्यावधिक विवरणअनुसार गएको प्रतिनिधिसभा चुनावपछि एक लाख ८७ हजार ६८६ जना नयाँ







.2026-10-12-03-41-15.jpeg)
प्रतिकृया दिनुहोस